यी हुन् दशैं विदामा घुम्न जाने उत्कृष्ट गन्तव्यहरू

भरत बन्धु थापा

नेपालीहरुका घरदैलोमा दसैंसहितका ठूला चाडपर्व आइसकेका छन् । नेपालीहरुको महान चाड दसैं त आजबाट सुरु भइसकेको छ । रोजगारी र कामका क्रमा देश विदेशमा रहेपनि दसैंमा जमघट भई रमाईलो गर्ने चलन छ । लामो समय विदा मिलेकाहरुलाई देशका विभिन्न ठाउँमा घुरेर रमाइलो गर्ने अवसर हुन सक्छ यो पटकको दसैं । परिवार र साथी भाइसहित दसैं विदामा घुम्न चहानेहरुका लागि यी हुन् देशभित्रका उपयुक्त स्थानहरु ।

सौराहा

थारु संस्कृतिको अवलोकन, साँझ राप्ती र नारायणी नदीको दोभानमा सुर्यास्तको दृश्य, अनि जंगलसफारीका लागि प्रख्यात छ चितवन । यतिमात्र नभएर चराचुरुङ्गी अवलोकनाका लागि पनि चितवन उपयुक्त गन्तव्य हुन सक्छ । यो ठाउँ मयुर, च्याखुरा, पानी हाँस र चखेवाको वथानसहित अन्य चराहरुको बसोबासको थलो हो । शान्त र राष्ट्रिय निकुन्ज नजिकै भएकाले पनि यहाँ बाघसमेत हेर्ने मौका मिल्न सक्छ ।

चितवन स्वदेशी विदेशी दुवै खालका पर्यटकका लागि प्रख्यात छ । चितवनमा हरेक वर्ष आन्तरिक पर्यटकको आगमन पनि बढिरहेको जंगलसफारी लजका सञ्चालक सुमन घिमिरे बताउनुहुन्छ । आन्तरिक र बाहृय पर्यटकको आगमनमा बृद्धि हुने क्रम जारी रहेपछि चितवनमा करोडौंको लगानीमा सुविधासम्पन्न होटल बन्ने बढेको छ । तीन दिन समय निकालेर घुम्न आउनेका लागि चितवन उपयुक्त स्थान हुन सक्छ ।

कसरी पुग्ने ?

सवारी साधनमा काठमाणडाै देखि सहजै ६ घण्टामा पुग्न सकिन्छ ।

भोटेकोशी र त्रिशुलीमा र्‍याफटिङ

साहसिक जलायात्रा र्‍याफि्टङका लागि नेशनल जोग्राफी च्यानलले विश्वका दशौं उत्कृष्ट गन्तव्यमा भोटेकोशीलाई पनि राखेको छ । पछिल्लो समय भोटेकोशीमा जलयात्रा गर्ने आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ ।

काठमाडौंमा बसिरहेकाहरु छुट्टीको समयमा त्रिशुली र भोटेकाशी नदीमा र्‍याफटिड गर्न आउने क्रम बढेको र्‍याफिटङ व्यावसायीहरुको भनाई छ । यी नदीमा बढीमा दुई दिने प्याकेजको व्यवस्था व्यावसायीहरुले गरेका छन् । भोटेकोशी र त्रिशुलीमा दिनभरी र्‍याफि्टङ गरेर साँझ आरम गर्न पनि सकिने तथा र्‍याफ्टिड गरेर यहाँबाट काठमाडौ पनि पुग्न सकिन्छ ।

कसरी पुग्ने ?

काठमाण्डाै देखि विहान त्रिशुल अथवा भाेटेकाेशीमा र्‍याफटिङ सकाएर काठमाणडाै फर्कन सकिन्छ । यदी त्यही बास बस्न चाहने हाे भने बास बस्नकाे पनी राम्राे हाेटल तथा रिर्साेटहरू रहेकाे छ । 

माथिल्लो भोटेकेाशी र तल्लो भोटेकोशीमा र्‍याफ्टिङको व्यवस्था गरिएको छ । र्‍याफ्टिङका लागि माथिल्लो भोटेकाशी तल्लो भन्दा साहसिक मानिन्छ । माथील्लो भोटेकोशीमा र्‍याफ्टिड गर्दा केही अफ्ठयारा भंगालाहरु भएकाले कम अनुभवीलाई तल्लो भोटेकोशी उपयुक्त छ । पहिलो पटकमै पनि माथील्लो भोटेकोशीमा र्‍याफ्टिड गर्न सकिने गाईडहरु बताउँछन् । पहिलो पटकमा तल्लो भोटेकोशीमा र्‍याफ्टिङ गराएपछिमात्र माथिल्लो भोटेकोशीमा र्‍याफटिड गराइन्छ । माथिल्लो भोटेकोशी २० किलोमिटरको रेको छ भने तल्लो भोटेकोशी १२ किलोमिटरको छ ।

त्रिशुलीमा नदिमा परिवारसहित र्‍याफ्टिङ गर्न सकिन्छ । त्रिशुलीमा विद्यार्थी र अन्य आन्तरिक पर्यटकहरु र्‍याफ्टिङका लागि आउने गरेका छन् । राजधानीबाट नजिकै र पहिलो पटक र्‍याफ्टिङ गर्नेलाई पनि यो नदि र्‍याफ्टिङका लागि उपयुक्त भएको व्यावसायीहरुको भनाई छ । यो नदीमा एकदिनको यातायात, र्‍याफ्टिङ र खाजासहित नेपालीहरुलाई प्रतिव्यक्ति २ हजार ५० र भोटेकोशीमा २ हजार ५सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ । एकरात बसेर भेाटकोशीमा र्‍याफ्टिड गर्नेका लागि ३ हजार ५ सय ५० र त्रिशुलीमा ३ हजार ५० शुल्क लिने गरिएको छ ।

पुनहिल पदयात्रा

दसैं विदामा एक हप्ता घुम्न जानेहरुका लागि पुनहिल यात्रा उपयुक्त हुन्छ । ५ रात ६ दिनका लागि पुनहिल यात्रा उपयुक्त छ । धौलागिरी हिमाल हेर्दै पदयात्रा गर्नेलाई यो यात्राले भरपूर मनोरञ्जन दिन्छ । पुनहिल पदयात्रामा बास बस्न समस्या छैन । पर्यटकीय नगरी पोखराबाट पुनहिल यात्रामा प्यारागलाईडिङको पनि मजा लिन सकिन्छ । प्याराग्लाईडिङका लागि भने थप एकदिन छुट्याउनुपर्छ ।

पोखराबाट नयापूलसम्म सवारीसाधनको सुविधा छ । नयापूलबाट शुरु हुन्छ पुनहिल पदयात्रा पोखराबाट नयापूलसम्म गाडी र त्यहाँबाट पैदल हिंड्दा हिले पुग्न सकिन्छ । पदयात्राको दोस्रो दिन म्याग्दीको घोडेपानी पुगिन्छ ।समुद्री सतहबाट २९०० मिटरमा उचाईमा अवस्थित घोडेपानीबाट एकघण्टाको ठाडो उकालो चढेपछि पुनहिल डाँडामा पुगिन्छ । समुद्रीसतहबाट ३ हजार २ सय १० मिटर उचाईको पुनहिलबाट धौलागीरी, अन्नपुर्ण माछापुच्छे, निलगीरीसहित १५ वटा हिमालको मनोरम दृश्य हेर्न पाईन्छ

पुनहिलको अर्को विशेषता धौलागिरीमा सुर्योदयको दृश्य हेर्न पाउनु पनि हो । धौलागीरीसहित माछापुच्छ्रे र निलगिरी हिमालबाट सूर्य उदाएको दृश्य हेरेपछि यात्राभरीको थकान भुल्न सकिन्छ ।

कसरी पुग्ने ?

काठमाणडाै देखी कास्कीकाे विरेठाटी सम्म सवारी साधन तत्पश्चात पैदल यात्रा । पदयात्राकाे लागि ५ दिनकाे समय उपयुक्त हुन्छ ।

खप्तड

सुदुरपश्चिमको खप्तड जान काठमाडौबाट सात रात आठ दिनको समय छुट्टयाउनुपर्छ । काठमाडौंबाट १५ घण्टाको वसयात्रा गरेपछि धनगढी पुगिन्छ । धनगढीदेखि डोटी सदरमुकाम सिलगढीसम्म पनि वसमै आठघण्टाको यात्रा हुन्छ । सिलगढीबाट बखलेकसम्म जिप रिजर्भ गरेर कच्चीबाटोमा यात्रा गर्न सकिन्छ । पैदालयात्रा गर्दा भने सिलगढीबाटै सुरु गर्नुपर्छ ।

हवाईजहाजबाट जाँदा भने धनगढी ओर्लेर सोही दिन सिलगढी पुगेर बास बस्न सकिन्छ । सिलगढीदेखि बखलेखसम्म जीप जाने कच्चि बाटो छ, त्यसका लागि रिर्जभ गर्नु पर्छ । सिलगढीदेखि सुरु पैदलयात्राको पहिलो दिन विहानको खाना बगलेखमा खाएर झिगरानमा बेलुकाको बास हुन्छ । दोस्रो दिनको यात्रामै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्जक्षेत्रमा पसेपछि यात्राको सबैभन्दा अप्ठ्यारो ठाडो उकालो सुरु हुन्छ । विहानको खाना बीचपानीमै खाएर जानु राम्रो हुन्छ । त्यहाँबाट अघि बढेपछि खाना खाने ठाउँ पाइन्न ।

बीचपानीबाट चार घन्टा लाग्छ, निकुञ्जको मुख्यालय पुग्न । ठूल-ठूला चट्टान र घना जंगल र बाटोमा फूलेका रंगीचंगी फूलको बासनाले थकान मेटिन्छ । दिनभरको यात्रापछि साँझ त्रिवेणी मन्दिर पुगिन्छ । त्रिवेणी मन्दिरबाट शुरु हुन्छ खप्तडक्षेत्रको सुन्दर दृश्य ।

खप्तडको त्रिवेणी मन्दिर, हरिया फाँट, थारु संस्कृति, डडेलधुरको उग्रताराम मन्दिर, डोटीको शैलेश्वरी र भागेश्वरी-सालमुनिको यस क्षेत्रका आकर्षण हुन् । खप्तड यात्राको लागि काठमाडौं देखि १० दिनको समय उपयुक्त हुन्छ ।

कसरी पुग्ने ?

काडमाणडाै देखि धनगढी हुदै डाेटीका सिलगढी सम्म सवारी साधन  ।  याे यात्रा तय गर्न साढे एक दिन तत्पश्चात पैदल यात्रा अथवा सिलगढी देखि बगलेग सम्म जिप । बगलेग देखि एक दिनकाे यात्रा पश्चात खप्तड क्षेत्र ।

लोमाङथाङ

हिमालपारीको जिल्ला मुस्ताडको आफ्नै मौलिक संस्कृतिका कारण पनि प्रख्यात छ । अन्नपूर्ण संरक्षणक्षेत्रमा पर्ने लोमाङथाङ घुम्ने पर्यटकको संख्या बढिरहेको छ । गत वर्ष करिब तीन हजार पर्यटक लोमाङाथाङ पुगेका थिए । लोमाङथाङ जाने पर्यटकहरुको संख्या प्रत्येक वर्ष बढिरहेको छ ।

गुजुमुक्क घरहरु । घरमाथि एकनासले राखिएका दाउराका थुप्रा । यही ठाउँमा गुजुमजुक्क घरहरु भन्दा भिन्न, अग्लो र लामो एउटा घर । जुन घरलाई देखेपछि सबैले अनुमान लगाउन सक्छन्, लोमाङथाङको पहिचान बनाएको ऐतिहासक दरबार भनेर ।

गुम्बाको जिल्ला भनिने मुस्ताड जान मोटरको सुविधा भएपनि व्यावसायीहरुको एकाधिकारले पर्यटकहरुलले धेरै सास्ती भोग्नुपर्छ । ठाउँ ठाउँमा जिप परिवर्तन गर्नुपर्ने र मनपरी असुलिने भाडाका कारण यात्रुहरुले नसोचेको सास्ती यो यात्राका क्रममा भोग्नुपर्छ । नियमित नगुड्ने जिपका लागि मालिकहरुले मागेजति रकम तिर्नसकेमा जुनसुकै बेला पनि यात्रा गर्न सकिन्छ । यहाँको यातायातले पर्यटकलाई सुविधाभन्दा बढी सास्ती दिएको छ ।

कसरी पुग्ने ?

कास्कीकाे पाेखरा देखि दुइ दिनकाे सवारी साधनमा पुग्न सकिन्छ ।

लाङटाङ

वरीपरी हिमालको वीचमा हिउँले ढाकिएको बस्ती । बस्ती नजिकै मन शान्त बनाउने ७ सय वर्ष पुरानो आकर्षक गुम्बा । ऐतिहासिक तथा धार्मिकरुपमा धेरै महत्व भएपनि गुम्वा भने जीर्ण अवस्थामा । यो जीर्ण गुम्वामा बौद्ध धर्मावलम्बीहरुको गहिरो आस्था छ । जुन् गुम्बा हो, रसुवाको क्यानजेन गुम्बा । बाहिरबाट हेर्दा सानो र जीर्ण देखिने गुम्बाको भित्री भाग निकै आकर्षक र सुन्दर छ ।

नेपालमा आउने विदेशी पर्यटकहरुको तेस्रो रोजाईमा पर्छ लाङटाङ पदयात्रा । पर्यटकको रोजाईमा सगरमाथा र अन्नपूर्ण पदयात्रा पछि पर्छ, लाङटाङ पदयात्रा । हिमाली जनजीवन र हिमालको मनोरम दृश्यका लागि चर्चित छ, लाङटाङ पदयात्रा । त्यतिमात्र होइन, दूर्लभ हिमाली जन्तुहरुको मूख्य बासस्थलका रुपमा पनि परिचित छ, रसुवाको लाङटाङ क्षेत्र ।

चारहजार मिटर उचाईको क्यानजेन भ्याली रसुवाको अन्तिम गाउँका साथै पदयात्राको अन्तिम विन्दू पनि हो । जहाँबाट लाङटाङ हिमाल आँखा अगाडि मुस्काइरहेको हेर्न पाइन्छ ।

काठमाडौंबाट क्यानजेन भ्याली हुँदै पुन काठमाण्डौ आउन १० दिनको समय उपयुक्त हुन्छ । काठमाडौं देखि रसुवा सदरमुकाम धुन्चेसम्म बसको यात्रा पछि पैदलयात्रा सुरु हुन्छ । धुन्चेदेखि पाँच दिनको पैदलयात्रा पछि पुग्न सकिन्छ क्यानजेन भ्याली । काठमाडौंदेखी स्याफ्रुबेंसीसम्म वसयात्रा पछि सुरु हुन्छ पैदल यात्रा । पैदलयात्रामा पहाडी उकालो छिचोल्दै पाँचौ दिनमा बास बस्न क्यनजेन भ्याली पुगिन्छ । बासका लागि समस्या नभए पनि पर्यटकीय मौसममा भने समस्या पर्न सक्छ,क्यानजेन भ्यालीमा । करिव ३६ वटा होटल रहेका यहाँ खाना बस्न राम्रो ब्यबस्था छ, पर्यटकीय मौसमा यी होटलले पनि नथेग्ने गरी पर्यटकको ओइरो लाग्ने गरेको बताउनुहुन्छ, होटल व्यावसायी ग्याल्वो लामा । वहाँ भन्नुहुनछ, “पर्यटकीय सिजनमा खाना खानेसमेत फुर्सद हुदैन, अन्य समयमा भने हामी फुर्सदिलो हुन्छौं ।”

कसरी पुग्ने ?

काठमाण्डाै देखि धुन्चे सम्म सवारी साधन तत्पश्चात यात्रा । काठमाणडाै देखि काठमाणडाै एक हप्ताकाे समय उपयुक्त ।

 

कालिञ्चोक भगवती मन्दिर

लामो लामो श्वास तान्दै जति उकालो चढेपनि नपुगिने । हेर्दा नाक ठोकिएला जस्तो ठाडो उकालो । उकालोबाट उभो हेर्दा शिरको टोपी नै खस्ला भन्ने पिर । उकालो नकाटुन्जेल कतिखेर कालिञ्चोक पुगिएला भन्ने चिन्ताले सताउँछ । ठाडो उकालो काटेपछि जब कालिञ्चोक भगवती मन्दिर पुगेपछि भने अघिको उकालोको थकान कहाँ जान्छ, पत्तै पाइन्न । उचाईमा भएकाले यहाँ जाने क्रममा कतिपयलाई लेक लागेर समस्या हुन सक्छ ।

कालिञ्चोक मन्दिर परिसरबाट देखिने चाँदीका लहर टल्काएर ठडिएका हिमालका मनोरम दृश्य देखेपछि जो कोहीले सबै दुखः भुल्दछ । करिब चार हजार मिटर उचाईमा अवस्थित दोलखाको कालिन्चोक भगवती हिन्दू र बौद्ध धर्मावलम्बीहरुको गन्तव्यस्थलका रुपमा परिचित छ ।

उकालो यात्राका क्रममा पाइने विभिन्न प्रजातिका बनस्पति र ठूला ठूला चट्टानले मन तान्छन् । गुराँस फुल्ने मौसममा यहाँको जंगलै रंगिएको हुन्छ । यहाँ आउँदा काठमाडौंबाट चरीकोटसम्म पक्की बाटो भएकाले यहाँ आउँदा पर्यटकले ठूलो कष्ट भोग्नुपर्दैन । चरीकोटबाट कुरीसम्म करिव १५ किलोमिटर कच्ची बाटोको यात्रा भने अलि दुखदायी हुन सक्छ ।

कच्ची मोटारबाटोका यात्रापछि ठाडो उकालो हिंड्नुपर्ने भएकाले शारीरिक अवस्था कम्जोर भएका यात्रुले भने सास्ती व्यहोर्नुपर्ने अवस्था छ । कुरीसम्म यात्रु र भक्तजनहरुलाई बास बस्न तथा खानपानको ब्यवस्था छ । चरिकोटबाट हिंडेको दिन कुरीमै बास बस्नुपर्छ ।

कुरी भन्दा माथि करिब एकघण्टाको यात्रापश्चात पुगिन्छ कालिन्चोक भगवती मन्दिर परिसर । मन्दिर परिसरबाट केही तल ढुंगाले बनाएका सिढीहरुको यात्रा निकै रोमाञ्चकारी हुन्छ । ठाडो उकालोमा ढुंगाको सिंढीमा केही भक्तजनहरु भने हिंड्न नसकेर हातले टेक्दै समेत यात्रा गरेका समेत देख्न पाइन्छ ।

ठाडो उकालो काटेर मन्दिर परिसरमा पुग्नेहरु त्यहाँको प्राकृतिक दृश्य देख्नेवित्तिकै खुसीले कराउन पनि पछि पर्दैनन् । कालिञ्चोक मन्दिरमा वली दिइने भएकाले यो क्षेत्रमा भाकल गर्नेको पनी उल्लेखनीय छन् ।

मन्दिर परिसरबाट लाङटाङ हिमालको मनोरम दृश्य देख्न सकिन्छ । काठमाडांैदेखि कालिञ्चोक भगवती मन्दिर हुदै पुन काठमाडांै फिर्न चार दिनको समय उपयुक्त हुन्छ ।

कसरी पुग्ने ?

काठमाण्डाै देखि विहान सवारी साधनमा निस्कीयाे भने अारमले कुरी सम्म पुग्न सकिन्छ । कुरी देखि कालिन्चाेक भगवती मन्दिर सम्म केबल कार रहेकाे छ ।

 

 

 

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com