लुकेकाे हिरा माथिल्लाे डाेल्पा

भरतबन्धु थापा

कर्णाली प्रदेशको अति कठिन भूबनोट भएको जिल्ला हो, डोल्पा । यही विकटता माथिल्लो डोल्पा पदमार्ग (अपर डोल्पा सर्किट) मा जाने साहसिक पदयात्राप्रेमीको रोजाइमा पर्ने गरेको छ । कम्तीमा तीन साताको समय छुट्याउनुपर्ने यो पदमार्ग खासगरी बाह्य पर्यटकमाझ प्रिय छ ।

जुफालदेखि शुरु हुने पदयात्रा दुनै हुँदै विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती द्यो, नगला र बगला पास, शे फोक्सुण्डो ताल हुँदै पुनः जुफाल पुगेर टुंगिन्छ ।

द्यो बस्तीबाट छार्का हुँदै मुस्ताङ पनि निस्किन सकिन्छ ।

अधिक उँचाइमा बढी हिंड्नुपर्ने र सबै ठाउँमा खाने–बस्ने सुविधा नभएका कारण माथिल्लो डोल्पा पदमार्गलाई साहसिक मानिएको हो ।

पदमार्गमा एकाध ठाउँमा मात्र होटल तथा टी हाउस रहेकाले खानपिन र बासको व्यवस्थापन आफैंले मिलाउनुपर्छ ।

अर्कातिर, यो पदमार्गमा ५००० मिटर माथिका दुई वटा पास नगला र बगला एकैदिन पार गर्नुपर्छ ।

नगला पास समुद्री सतहबाट ५,३५० मिटर र बगला पास ५,२२७ मिटर उँचाइमा पर्छ ।

माथिल्लो डोल्पाको व्यापारिक केन्द्र द्यो बस्ती ।

 

यो पदमार्गको आकर्षण विशाल फाँटहरू सहितको सुन्दर परिदृश्य र स्थानीयको तिब्बती रहनसहन हो ।

साथै, हजार वर्षभन्दा पुरानो मानिने शे गुम्बा र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डो पदयात्राको थकान बिर्साउने ठाउँ हुन् ।

पदमार्गका विभिन्न क्षेत्रमा सामान्यतया जेठ दोस्रो सातादेखि एक महीनासम्म यार्सागुम्बा टिप्नेहरूको घुइँचो लाग्छ ।

आधारभूत सुविधाविहीन कठिन भूबनोटमा ज्यान जोखिममा पर्न सक्ने भएकाले माथिल्लो डोल्पामा पर्यटकलाई एक्लै जान सरकारी तवरबाटै निषेध गरिएको छ ।

दुई जनाले एकसाथ स्वीकृति लिनुपर्ने र ट्राभल एजेन्सी मार्फत जानुपर्ने प्रावधान छ ।

५०० अमेरिकी डलर तिरेर कम्तीमा १० दिनको परमिट लिनुपर्ने र त्यसभन्दा बढी समय लागे दैनिक थप ५० डलर शुल्क लाग्ने डोल्पाका पर्यटन व्यवसायी तथा एक्सपोलर डोल्पा ट्रेकिङका प्रबन्ध निर्देशक जितेन्द्र झाँक्री बताउँछन् ।

 

    ‘पर्यटकसँग लिएको पैसा माथिल्लो डोल्पाको पर्यटन क्षेत्रमै खर्च गराैं”

   ग्याल्वो भोटे
संयोजक, डोल्पो महोत्सव–२०७६

माथिल्लो डोल्पामा विशेष गरी आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटकको आगमन हुने गरेको छ । तर पर्यटकलाई चाहिने पूर्वाधारको विकास खासै हुन     सकेको छैन ।

माथिल्लो डोल्पा पदमार्ग जानका लागि सरकारले निश्चित दस्तुर समेत लिने गरेको छ ।

तर, सो दस्तुरको लाभ न त माथिल्लो डोल्पाबासीले लिन पाएका छन्, न त पर्यटकसँग लिएको पैसाले माथिल्लो डोल्पाको पर्यटन क्षेत्रमा कुनै खर्च हुन सकेको छ ।

यदि माथिल्लो डोल्पा जाने पर्यटकबाट सरकारले लिएको दस्तुरको केही मात्रामा सदुपयोग भयो भने निकै राम्रो हुने थियो ।

माथिल्लो डोल्पाका बासिन्दाका लागि पर्यटनसँग सरोकार राख्ने चेतनामूलक कार्यक्रम, होम स्टे तालीमलगायत हस्पिटालिटीबारेका तालीम दिन पाए राम्रो हुन्थ्यो ।

माथिल्लो डोल्पा जाने पदमार्गहरू व्यवस्थित गर्न जरुरी रहेको छ । बाटोभरि कतै सूचनापाटी पनि छैन । बाटो–बाटोमा सूचनापाटी राखियो भने पर्यटक हराउने सम्भावना कम हुन्छ ।

एक गाउँबाट अर्को गाउँ पुग्नलाई एक दिन लाग्दछ । बाटोमा सूचनापाटी नभएमा पर्यटकहरू हराउन सक्ने अत्यधिक सम्भावना हुन्छ ।

माथिल्लो डोल्पामा पर्यटहरू त्यहाँको कला र संस्कृति हेर्न आउने हो त्यसको संरक्षणका लागि पनि राज्यले केही ध्यान दिन सके राम्रो हुन्थ्यो । हामीकहाँ समस्या अनगिन्ती छन , समस्या सहित संम्भावना पनी रहेकाे छ । यही कुरालाइ उजागर गर्न हामी डाेल्पाबासीले डाेल्पाे महाेत्व गर्न लागिरहेका छाै । याे महाेत्वले केही भएपनी डाेल्पाकाे पर्यटन प्रवर्दन गर्न सहयाेग पुग्ने हामीले विश्वास लिएका छाै ।

 

 

पदमार्गमा यात्रा गर्दै ।

 

यार्सा टिप्न जाँदै ।

 

नगला बगला पास गरेपछि बास बस्न जाँदै ।

 

माथिल्लो डोल्पाको द्यो बस्ती भन्दा माथि यार्सा टिप्दै । यो समुद्री सतहबाट ५ हजार मीटर उचाइमा रहेको छ ।

 

माथिल्लो पदमार्गमा पर्ने द्यो बस्ती नजिकै देखिएको दृश्य ।
बगला पास
यार्सा टिप्नेहरू खाना पकाउँदै आगो ताप्दै ।
नगला पार गर्दै  लेखक।

डाेल्पाे महाेत्वका संयाेजक एव धाे का अध्यक्ष 

 

धाे गाँउका गुम्बाहरू


 

कथा धाे  काे 

 

यसरी पुग्न  सकिन्छ धाे 

 

 

 

Comments

comments

अरु समाचार

Copyright © 2018 Ghumphir.com.np
ghumphir.com