अन्नपूर्ण फेरो लगाउने २ हजार ४ सय १२ विदेशी पर्यटक बढी

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्ग भएर अन्नपूर्ण फेरो लगाउने पर्यटक केही वर्षयता बढदो छ । राजनीतिक स्थिरता, बन्दरहडतालका क्रियाकलाप नहुनु, पर्यटकीय व्यवस्थापनलगायतले पर्यटन क्षेत्रमा सकारात्मक परिवर्तन आएको व्यवसायीको बुझाइ छ ।

सन् २०१८ मा २९ हजार ४ सय ८० विदेशीले अन्नपूर्णको फेरो लगाए । यो अघिल्लो वर्षको तुलनामा २ हजार ४ सय १२ पर्यटक बढी हो । यस वर्ष ८ दशमलव ९१ प्रतिशतले वृद्धि भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० ले तथ्यांक लिन थालेको २२ वर्ष अवधिमा यो सबैभन्दा बढी हो ।
‘एक्याप’ इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१७ मा २७ हजार ६८ पर्यटक अन्नपूर्ण पदमार्ग घुम्न आएका थिए । २०१६ मा २२ हजार १ सय ८ पर्यटकले पदमार्ग घुमेका थिए । २०१५ मा १३ हजार ६ सय १५ पर्यटक आएका थिए । २०१६ मा भन्दा २०१७ मा ४ हजार ९ सय ६० बढी पर्यटक भित्रिएका थिए । यो २२ दशमलव ४४ प्रतिशत बढी हो । २०१५ मा भन्दा २०१६ मा ८ हजार ४ सय ९३ बढी पर्यटक भित्रिएका थिए । यो ६२ दशमलब ३८ प्रतिशतले बढी हो ।

२०१४ को तुलानामा २०१५ मा ३४ दशमलव २१ प्रतिशत पर्यटक आगमन घटेको थियो । यो समय भारतीय नाकाबन्दी र भूकम्पको समय थियो । सशस्त्र द्वन्द्वको समय पर्यटक आगमन २९ प्रतिशतसम्म घटेको थियो । मनाङ–लमजुङ होटल व्यवसाय समितिका सचिव पूर्णबहादुर गुरुङका अनुसार बर्सेनि पर्यटक आगमनले व्यवसायीलाई फाइदा पुर्‍याएको छ । पर्यटक आगमन बढे पनि पदमार्गको दूरी छोटिनुले भने समस्या आएको छ । ‘पहिलेको जस्तो अवस्था अहिले छैन । हिजो बन्द हडताल थियो । नाकाबन्दी भयो,’ उनले भने, ‘संविधान बनेपछि एक खालको राजनीतिक अस्थिरता सकियो । त्यसपछि पर्यटक आगमनमा वृद्धि हुन थालेको छ ।’

पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार पछिल्लो समय पर्यटक बढ्नुले आगामी दिनमा पनि बढ्ने सम्भावना देखिन्छ । अन्नपूर्ण पदमार्गबारेको प्रचारप्रसार, अनुकूल मौसम, राजनीतिक स्थिरताको अन्त्यलगायतले पर्यटक आगमनमा सघाउ पुर्‍याएको उनले बताए । ‘पर्यटक आगमनले देशको अर्थतन्त्र बलियो बनाउँछ । हाम्रा हिमाल हेर्नलाई उनीहरू लाखौं खर्च गरेर आउँछन् भने हामी किन स्वागत नगर्ने रु हामी पर्यटक बढीभन्दा बढी आओस् भन्ने चाहन्छौं,’ उनले भने ।

मनाङका प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङका अनुसार देशमा बन्द हडताल हुन छोडेपछि पर्यटक आगमन बढ्न थालेको छ । स्थिर सरकार हुँदा बन्द हडताल भएको छैन । ‘पर्यटक स्वच्छ हावापानी, शान्त वातावरण र सुन्दर प्रकृति खोज्न नेपाल आउँछन् । कुनै अवरोध भए पर्यटक आउँदैनन् । पर्यटकका लागि राम्रो वातावरण चाहिन्छ’ उनले भने । ‘मनाङलाई कसरी प्रोमोसन गराउने भन्ने छलफलमा छौं । कसरी बढीभन्दा बढी पर्यटक लाने छलफल गरिरहेका छौं,’ उनले भने । गाउँगाउँसम्मै मोटरबाटो र मोटर पुगेकाले अब नयाँ ढंगबाट सोच्नुपर्ने र वैकल्पिक पदमार्गमा ध्यान दिनुपर्ने उनले बताए ।

एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले राजनीतिक स्थिरता कामय हुँदै गए अझ पर्यटक बढ्दै जाने दाबी गरे । ‘पर्यटक आउनु हामी सबैका लागि सुखद पक्ष हो,’ उनले भने । उनका अनुसार विदेशी पर्यटकले काठमाडौं, पोखरा र बेंसीसहरमा रहेको पर्यटक प्रवेश शुल्क केन्द्र ९काउन्टर० मा अनुमतिपत्र ९पर्मिट० लिएर मात्रै चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमणमा जान पाउँछन् ।
मनाङको नासों गाउँपालिकास्थित धारापानी चेकपोस्ट ९पर्यटक चेकजाँच केन्द्र० र लमजुङको मस्र्याङ्दी गाउँपालिका ९ सिम्पानी बगैंचाको चेकपोस्टमाआफ्नो विवरण अनिवार्य बुझाउनुपर्छ । उनका अनुसार यो पर्यटक आफ्नै लागि हो । यसले उसको सुरक्षामा मद्दत पुर्‍याउँछ ।

चक्रीय अन्नपूर्ण पदमार्ग आधा दशकअघिसम्म विश्वकै उत्कृष्ट १० पदमार्गमा गनिन्थ्यो । चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य संसारकै अग्लो हिमाली भन्ज्याङ ५ हजार ४ सय १६ मिटरको थोराङला र संसारकै उच्च स्थानमा रहेको ताल ४ हजार ९ सय १९ मिटर उचाइको तिलिचो हो ।

लमजुङको बेंसीसहरबाट सुरु भएर मनाङ, मुस्ताङ हुँदै म्याग्दीको तातोपानी, म्याग्दी भएर पोखरा वा तातोपानीबाट घोरेपानी हुँदै पोखरा पुग्नलाई २१ दिन लाग्थ्यो । अहिले मुस्ताङको मुक्तिनाथ र मनाङको मनाङ गाउँसम्म मोटर चलेपछि पदयात्रा एक सातादेखि १० दिनसम्म खुम्चिएको छ । शान्ति तथा अमनचयनले पर्यटक आगमनभने बढ्दै गएको व्यवसायीले बताएका छन् ।आश गुरुङ रसाभार कान्तिपुर


Facebook Comment


No ads found for this position