अमेरिकामा गोली चल्यो, आठ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको मिसिसिप्पी राज्यमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा प्रहरी सहित ८ जनाको मृत्यु भएको छ । दक्षिणी मिसिसिप्पीस्थित लिंकन काउन्टीको ग्रामिण इलाकाका बिभिन्न तीन स्थानमा शनिबार राती यो घटना भएको हो ।उक्त घटनामा गोली चलाउने कारी गडबोल्टलाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेहरुमा प्रहरी सहित तीन पुरुष र चार महिला छन् ।

प्रहरी र तीन महिलाको शव बोग चिट्टो भन्ने ठाउँमा भेटिएको थियो भने ब्रुक हाभेनमा दुई पुरुष र इस्ट लिंकनमा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिमाथि अनुसन्धान भईरहेको बीबीसीले जनाएको छ ।


Facebook Comment


No ads found for this position