अष्टेलियन क्याम्प पुग्दा (फोटो फिचर)

भरतबन्धु थापा
वरीपरी जगल बिचमा लहरै हरीया टिनले छायका क्याम्प र पृष्ठभुमीमा देखिएको अन्नपुर्ण हिमश्रृखला । यो हो कास्कीको अष्टेलियन क्याम्प । समुन्द्री सतहबाट करीब दुई हजार एक सय मिटर उचाईमा रहेको यो क्षेत्रलाई बिष बर्ष अघि सम्म ठुलो खर्क भनिन्थीयो । तर अहिले यो अष्टेलियन क्याम्पमा परिणत भएको छ । बिस बर्ष अघि यो क्षेत्रमा अष्टेलियनहरु आएको क्याम्प गरेर बास बसेका कारण यो क्षेत्रलाई अष्टेलियन क्याम्प भन्न थालेको एन्जेल्स गेष्ट हाउसका संचालक टुक बहादुर क्षेत्री बताउन्छन् ।


पहिले पहिले यो क्षेत्र अन्य स्थान भन्दा अलि समथर भएका कारण पनी यो क्षेत्रलाई ठुलो खर्क भनिएको हो । अन्य खर्क भन्दा यो खर्क गाईबस्तु चरनका लागी निकै प्रख्यात रहेको थियो ,तर अहिले पर्यटकीय हिसाबले प्रख्यात रहेको छ ।
दशक अघि सम्म बाह्य पर्यटकहरु मात्र आवत जावत थियो भने अहिले आन्तरीक पर्यटकको रोजाईमा समेत पर्न थालेको छ । अन्नपुर्ण हिमश्रृखला हेर्नका लागी उपयुक्त स्थल पनी हो अष्टेलिएन क्याम्प । यो क्षेत्रमा जम्म ४ वटा होटल रहेका छन् । एकै पटक २ सय ५० जना सम्मलाई बास बसाल्न सकिने बताउछन् एन्जेल्स गेष्ट हाउसका संचालक टुक बहादुर क्षेत्री । पानीको अली समस्या रहेको छ क्षेत्री भन्छन् अन्य समयमा त त्यती समस्या हुदैन तर पर्यटकीय मौसममा नियमीत भन्दा अलि बढी पानी चाहिने भएकाले संचय गरेको पानी बाट आफ्नो आवश्यक्ता पुरा गर्नु पर्ने हुन्छ । पानीको समस्या समाधान गर्नका लागी ब्यबसायीहरुले स्थानिय तह बाटै केही पहल गरेको तर सकिएन ।
पर्यटकीय नगर पोखरा देखी सवारी साधनमा एक घण्टा र पैदल डेढ घण्टाको यात्रा पश्चात सहजै पुग्न सकिन्छ अष्टेलियन क्याम्प । अन्नपुर्ण तथा मर्दी हिमालको आधारशिवीर जाने पदामार्ग जाने छेउछाउ भएको कारण पनी निकै प्रख्यात भएको हो यो क्षेत्र । विदेशी पर्यटकहरु आउदा पहिलेनै खबर तथा बुकीङ्गगरेर आउने गर्दा खासै समस्या हुदैन तर नेपाली साझ आएर एकै पटक बास माग्दा कहिले काही समस्या हुने गरेको छ । अन्य समयमा केही हुदैन तर पर्यटकीय मौसमा जानकारी लिएर आउदा मात्र राम्रो हुने बताउछन् क्षेत्री ।


Facebook Comment


No ads found for this position