आन्तरिक र विदेशी पर्यटकलाई भेदभाव गरेका छैनौ : ब्यबसायी शेर्पा

चुनौती र संभावना हरेक क्षेत्रमा हुन्छन् पर्यटन क्षेत्रमा पनी संभावना बोकेका असिमित क्षेत्रहरु हुदाहुदै पनी चुनौतीहरुपनी त्यतीकै छन । नेपालका विभिन्न क्षेत्रमा भ्रमणगर्न आएका पर्यटकहरु कहिलेकाही दुर्घटनामा पर्ने गरेको खबर संचारमाध्यमा सुन्नमा र पढ्नमा आइरहन्छन र तिनीहरुको रेस्क्यु गरिएको वा रेस्क्यु गर्न ढिलाई भएको भन्ने जस्ता खबर पनि आई रहन्छन । आखिर रेस्क्यू वा उद्धार कसरि गरिन्छ  त नेपालमा ? यसै विषयमा घुमफिरले लामो समय सम्म रेस्क्यू टिममा सहभागी भएका पर्यटन ब्यबसायी आङटासी शेर्पा सगं रेस्क्यु र सगरमाथा क्षेत्रको पर्यटनको बिषयमा कुराकानी गरेका छौ । शेर्पा इश्वी सम्बत् १९७४ जनवरी १८मा लुक्लामा जन्मीएर  विगत लामो समय हवाई क्षेत्रमा आबद्ध हुनुहुन्छ । उहाँ सिम्रीक  एयरको रेस्क्यु टिममा  कार्यरत समेत रहेका रहेर काम गरीरहनु भएको छ । व्यवसायी शेर्पा संग गरिएको कुराकानी
ang tashi sherpaयो क्षेत्रमा कहिले देखि आबद्ध हुनुभयो ?
इश्वी सम्बत् १९९३ देखि यो क्षेत्रमा लागेको हु ।
नेपाल जस्तो क्षेत्रमा रेस्क्यु टिममा आबद्ध हुन के गर्नु पर्छ र कतिको योग्ज्ञताको आवश्यकता पर्छ ?
यो क्षेत्रमा आवद्ध हुन विषेश प्रकारको टे«निङको आवश्यकता पर्छ ।  हकमा भन्नु पर्दा म सिम्रिक एयमा आईसकेपछि मैलै स्वीजरल्याण्डमा रेस्क्यु सम्बन्धी टे«निङ लिएर आएको हु ।

पछिल्लो समयमा नेपालको पर्यटन क्षेत्रको अवश्था कस्तो पाउनु भयो ?

पछिल्लो वर्षको तुलना गर्दा अहिले विस्तारै पर्यटन क्षेत्रले गति लिदै छ । नेपालमा गएको विनासकारी भूकक्पले यो क्षेत्रमा नराम्रो असर पारेको थियो । भूकम्पले बाटोघाटो र संरचनामा पारेको क्षती भन्दा यहाबाट गएको नकारात्मक संन्देशले पर्यटन क्षेत्रमा निकै नराम्रो प्रभावित भयो ।े तर विस्तारै संचार माध्यमहरुले खेलेको भमिकाले पर्यटक आउने सख्या विस्तारै बढदै छ , चहल पहल बड्दै गएको छ र अब बड्छ भन्ने हामीलाई लागी रहेको छ ।

लुक्ला घुम्न आउने आन्तरिक पर्यटक र विदेशी पर्यटकमा भेदभाव हुनेगर्छ भन्ने आरोप पनी छ नि किन होला ?
खै त्यस्तो फरक भएको जस्तो मलाई लाग्दैन । यस्तो कुरा कसरी बाहिर आयो व्यवहारमा त्यस्तो हुदैन होला जस्तो लाग्छ मलाई । पर्यटन व्यवसायीले सबै आन्तरीक पर्यटक हुन वा विदेशी पर्यटक , व्यवसायीले समान व्यवहारै गरे जस्तो लाग्छ । पर्यटक सबै समानै हुन उनीहरलाई दिइने सेवा सुविधा पनी समान भए जस्तो लाग्छ । अझ भन्नु पर्दा विदेशी पर्यटकहरुलो तुलनामा नेपाली आन्तरीक पर्यटकहरुलाई लाग्ने खर्च कम भएको हामीले पाएको छौ ।

angtashi sherpa
घुम्न आउने पर्यटकहरुका लागी पुर्वाधारको अभाव छ ,भन्ने गुनासो पनी सुनिनछ नि ?त्यो क्षेत्रमा कस्तो किसिमका पर्यटकहरु बढि आउछन्?
लुक्ला क्षेत्रमा विशेषगरि खुम्बुक्षेत्र भ्रमण गर्न मन पराउने खालका पर्यटकहरु बढी आउछन् ।यहाँ हिमाल हेर्न टे«किङ गर्ने खालका पर्यटकहरु बढी आउछन् ।
यो चाहि १० ,१५ दिनको प्याकेज हुन्छ त्यो मिलाएर आउछन् । कुनै बेला थियो पर्यटकको चाप अलि निक्कै बडि हुने गथ्यो त्यो बेला चाहि खाने बस्ने केही असुविधा भएको होला तर अहिलेको अवस्थामा भन्नु पर्दा त्यस्तो विल्कुलै छैन् ।

तपाईहरुले रेस्क्यु कसरी गर्नुहुन्छ ? कुन निकाय संग संम्मन्वयन गरेर रेस्क्यु गरिन्छ ?यस्मा लाग्ने खर्च कस्ले व्यवहर्ने गर्छ ?
हामीले रेस्क्यु गर्दा विशेष गरि ट्रेकिङमा गएका वा हिमाल आरोहण गर्न गएकाहरु कहिले काहि विभिन्न किसीमका दुर्घटनामा पर्ने गर्दछन् र अफ्ठेरोमा परेकाहरुलाइ सुरक्षीत स्थानमा ल्याई दिने हो । हाम्रो सन्र्दभमा भन्नु पर्दा हिमाल आरोहणका क्रममा अफ्ठेरोमा परेकाहरुको उद्धार गर्ने नै हो ।
रेस्क्युमा आबद्ध विभिन्न कम्पनीहरु छन, ट्रेकिङ कम्पनीहरुले गरेको विमाको आधारमा यो तय गरिन्छ जब कुनै पर्यटकको रेस्क्यु गर्नुपर्ने हुन्छ तब हामीलाई विमाकम्पनीले जानकारी गराउछ अनि हामी सक्रिय हुन्छै । यसमा सरकारको कुनै पनी निकाय छैन् । सरकारले केहिपनी गर्दैन् । नेपाल आउने विदेशीले आफ्नो विमा रकम तिरेर आएका हुन्छन त्यसै बाट हुन्छ । नेपाल सरकारको कुनै भूमिका हुदैन ।यहाँ सम्म कि डोल्पा तिर नेपाल सरकारले कुनै कुनै सयम हेलिकप्टर उडाउने अनुमती पनी दिदैन त्यो समयमा रेस्क्यु गर्न परेको खण्डमा धेरै झन्झटीलो हुन्छ ।

heliरेस्क्यु गर्दा कुनै सम्झन लायक कुनै घटना छ तपाईको जिवनमा ?
रेस्क्यु गरेको घटनाहरु धेरु नै छन् । हरेक रेस्कुय गर्दाका पलहरु ऋवस्मरणीयने हुन्छन् ।तर पनी केही  वर्ष पहिले हामीले लङलाईन रेस्क्यु गरेका थियौ । यो आमाधब्लम हिमालमा । एक पर्यटकको लडेर ढाड भाच्चिएको थियो । उनीहरु अपलत्रै परेका थिए ।त्यो रेस्क्यु लामै समय चलेको थियो र निक्कै च्यालेन्जीङ पनी थियो ।

नेपाल आउने पर्यटकहरुलाई के भन्न सल्लाह दिन चाहनु हुन्छ ?
नेपालमा गएको विनाषकारी भूकम्प पछि क्षति भएका भौतिक संरचनाहरुको पूनर्विमाण पुरा भै सकेको छ । भूकम्पले भौतिक संरचनामा मात्र क्षती पु¥याएको थियो त्यो पर्यटन व्यवसायीहरुले बनाई सकेको अवस्थाहो । होटल लज पहिलेकै अवश्थामा फर्कि सकेको छ भने बाटो घाटो,हिमालमा भने त्यस्तो कुनै क्षति भएको छैन । बाहिरआए जस्तो विनास भने भएको छैन नेपाल घुम्न आउने पर्यटकहरु वा आन्तरीक पर्यटकहरुलाई त्यस्तो कुनै किसिमको अफ्ठरो पर्ने छैन ढुक्कले घुम्न आए हुन्छ भन्न चाहन्छु ।

resque
खुम्बु क्षेत्रमा नेपाल सरकारको उपस्थीती कस्तो छ ? यहाँको भौतिक संरचनाको अवस्था कस्तो छ ?
खुम्बु क्षेत्रमा प्राय पर्यटकहरुको गुनासो के छ भने यहाँ घुम्न आउने पर्यटकहरुलाई सुचना केन्द्रको अभाव छ । यो क्षेत्रमा आउने पदयात्री तथा पर्यटकहरुलार्य  बाटोमा सूचना दिने संकेतहरु छैनन् भएका सूचना प्रदायक स्थानले गलत सूचना दिईरहेका छन् । संचार प्रविधि ज्यादै न्यून छ । विशेष गरि यहा घुम्न आउने पर्यटकहरुले आफैले ल्याएका सेटलाईट फोनको प्रयोग गर्छन ।

नेपालमा टेलिकम, एनसेल जस्ता दुरसंचार सेवा प्रदायक कम्पनीको प्रभाव ज्यादै न्यून छ , छैन भन्दा पनी हुन्छ , मौषम खराब भएको अवस्थामा यो शुन्य प्राय हुन्छ । यस्तो अवस्थामा रेस्क्युमा खटिनेले सुचना सहि समयमा पाउन न सक्ने हुन्छन र त्यसले छिटो गरिहाल्नुपर्ने काममा निकै प्रभाव पारिरहेको हुन्छ । यसमा नेपाल सरकारले छिटै केहि गरिहाल्नु पर्छ जस्तो लाग्छ । कम्युनिकेशन बडाइहाल्नु पर्छ । सुचाना जति सहज हुन्छ रेस्क्यु पनी त्यती छिटो हुने हो ।अहिले त विदेशीले ल्याएका सेटेलाईट फोनको भरमा काम चलेको छ र यो विना अनुमती चलेको छ ।कुनै ठाउमा त यो सेटलाईट फोन पनी हुदैन र निकै समस्या झेल्नु पर्ने हुन्छ ।

वायुसेवा प्रदायक कम्पनीहरुलाई नेपालको भौगोलीक विकटता र मौसमले बेलाबेलामा साथ न दिदा पर्यटकहरुले निकै दुःख पाएको खबर आउछ, यसको विकल्प अरु छैन?
हो हामीले विकल्पको खोजी गर्नुपर्ने अवश्था आइसकेको छ र त्यसको लागी जमीन मार्गको प्रयोग गरिनु पर्छ र बाटोघाटो निमाणका लागी र्निमाण प्रक्रिया पनी अघि बडाई सकेका छौ मलाई लाग्छ अबको दुई बर्षजतीमा बाटो निमार्णाको कार्य सकिन्छ होला र बाटो बनेको खण्डमा पर्यटकहरुले हवाई सेवा प्रभावित भएको समयमा बाटो प्रयोग नर्ग सक्छन् । बाटो निमार्णकार्य धमाधम भैरहेको पनी छ । मौषलले गर्दा हवाई सेवा प्रभावीत हुन्छ । त्यसले गर्दा  पर्यटकहरुको चाप बढि भएको बेला यात्रुहरु मर्कामा पनि पर्ने गरेका छन । बाटो बनेपछि यो समस्या पनी समाधान होला जस्तो लाग्छ ।

everst resque


Facebook Comment


No ads found for this position