आरजु पोखरेलले जितिन ‘मिस टुरिजम् २०१९’

काठमाडौं: ‘मिस टुरिजम् २०१९’ मा आरजु पोखरेल विजेता घोषित भएकी छिन्।  प्वाइन्ट मिडियाद्वारा आयोजित सौन्दर्य प्रतियोगितामा   नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन्? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै आरजुले उपाधि जितेकी हुन्।

उनले अन्य दुई शीर्ष विधा मिस डिसिप्लिन र मिस फ्रेण्डसिपको पनि उपाधि हात पारिन्।

त्यस्तै मिस टुरिजम्–२०१९ फर्स्ट रनर्स अप युसिका तुलाधर र सेकेण्ड रनर्स अप सविता न्यौपाने भए। तुलाधरले मिस ट्यालेन्ट र न्यौपानेले मिस पर्सनालिटीको उपाधि पनि प्राप्त गरे। तीन शीर्ष विजेताहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार प्राप्त गरे।

बेस्ट फोटोजेनिकमा अर्पना पोखरेल, बेस्ट फिगरमा लक्ष्मी थिङ, स्माइलमा करिना प्याथा, वाकमा रविना सुवाल, कन्फिडेन्टमा विजया खनाल, पपुलर च्वाइसमा लक्ष्मी श्रेष्ठ र इन्टेलिजेन्टमा शान्ति तिमिल्सिना उत्कृष्ट घोषित भए।

नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विगत सन् २०१६ देखि प्वाइन्ट मिडियाले मिस टुरिजम २०१९ को आयोजना गदै आएको निर्देशक नविन काफ्लेले बताए।


Facebook Comment


No ads found for this position