कर्णाली प्रदेशले एक लाख पर्यटक भित्राउने

कर्णाली प्रदेश सरकारले भिजिट नेपाल २०२० अवधिभर एक लाख पर्यटक भित्राउने उद्घोष गरेको छ । उक्त उदघोषलाई सफल पार्नका लागि कर्णाली प्रदेशको पर्यटन मन्त्रालयले सरोकार निकाय सग काठमाण्डौमा छलफलको समेत सुरु गरेको छ । कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाको अध्यक्षतामा काठमाण्डौ पहिलो चरणको छलफल अन्तगर्त कर्णाली प्रदेशमा संचालनमा आएका एयरलाईन्स कम्पनीका सग गरेको हो ।

पहुचका आधारले कर्णालीका सबै जिल्लामा सडक संजाल छैन सडक नभएका कारण एक मात्र विकल्प हवाई हो यही भएर पहिलो चरणमा कर्णाली प्रदेशमा हवाई यात्रालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल गरीएको मन्त्री बुढाले बताए ।

उनले भने कर्णालीको समृद्धीको आधार भनेको पर्यटन हो पर्यटनको प्रभावकारीता पहुच र प्रचार प्रसार हो , यही कुरालाई ध्यान गरेर हामीले छलफल बढाएका हौ । छलफलमा सहभागी एयरलाईन्सका कम्पनीहरु सकरात्कम कुरा राखेर जानुभएको छ , अब उहाँहरुले स्पष्ट खाका सहित के कसरी अगाढी बढ्न सकिन्छ आफ्नो राय सहित आउनका लागि एक हप्ता समय दिएको समेत मन्त्रि बुढाले बताए ।

छलफलमा भिजिट नेपाल २०२० कर्णाली प्रदेश सयोजक राजु कार्की, पर्यटन सचिवव केदार बहादु अधिकारी, पर्यटन ब्यबसायी तथा एयरलाईन्स कम्पनीका पदाधीकारीहरु सहभागी रहेका थिए ।


Facebook Comment


No ads found for this position