को बने भारतका १४औं राष्ट्रपति ?

एजेन्सी । रामनाथ कोविंद भारतका १४औं राष्ट्रपति बन्न सफल भएका छन् । उनले युपिए गठवन्धनका मिरा कुमारलाई पराजित गरेका हुन् । कोविन्दले जुलाई पच्चिसमा राष्ट्रपतिको सपथ लिनेछन् ।

सन् १९ सय ४५ अक्टोबर एकमा कानपुरको डेरापुरमा एउटा साधारण परिवारमा कोविंदको जन्म भएको थियो । बाल्यकालमा छ किलोमिटर पैदल हिडेर विद्यालय पुग्ने कोविंदले कानपुर विश्वविद्यालयबाट वाणिज्य र कानूनमा स्नातक गरेका छन् ।

दलित परिवारका कोविंद सन् १९ सय ९१ मा भारतीय जनता पार्टीमा आवद्ध भएका थिए । उनी भाजपाको दलित मोर्चाका अध्यक्ष समेत थिए । सन् १९ सय ९४ मा उनी राज्यसभा सदस्य बनेका थिए ।

सन् दुईहजार पन्ध्रमा कोविंदलाई विहारको गभर्नर नियुक्त गरिएको थियो । सन् १९ सय ७४ मे मा सविता कोविदसँग उनको बिवाह भएको थियो । उनका एक छोरा प्रशान्तकुमार र एक छोरी स्वाती रहेका छन् ।


Facebook Comment


No ads found for this position