“ग्रिनकार्ड त्यागेर नेपालमा ब्यबसाय सुरु गरे” : ब्यबसायी पौडेल

देशमा रोजगारको अवसर नभएको भन्दै दैनीक हजारौ युवाजनशत्ति विदेशीरहेको अवस्थामा कतीपय विदेशमा अध्ययनको लागी गएका युवाहरु नेपालमै केही गर्नुपर्छ र त्यसको संभावना देखेर स्वदेशमै फकीर्एको विभिन्न उदाहरण आजभोली देखीन थालेको छ ।नेपालमा पर्याप्त संभावना रहेको पर्यटन क्षेत्रमा केहि गरौ भनेर अमेरिकाको बसाईलाई त्यागेर नेपाल फर्किएका युवा व्यवसायी बैभव पौडेल पनी एक हुन । पोखरामा २०३६ सालमा जन्मीएका युवा व्यवसायी अध्ययनको शिलशिलामा अमेरिका पुगेका थिए । अन्तराष्टिय व्यवसायमा पोष्टग्रयाजुएट सकेर पुस्तौनी व्यवसायलाई निरन्तरता दिन अमेरिकाको ग्रिनकार्ड त्यागेर नेपाल फर्किएर र नया तरिकाले पोखराको लेकसाइटमा ब्यनजन बार एण्ड ग्रिल  रेष्टुरेण्ट व्यवसाय सुरु गरे । नया सोच, नया तरीका अपनाउदै हाल बगैचा  रिर्सोट निमार्णको  अन्तिम चरणमा पुगेको छ  । अबको एक महिनामा बगैचा रिर्सोट संचालनमा आउने उनले बताए । यीनै युवा पर्यटन तथा होटल व्यवसायी संग घुमफिरले नेपालमा भएको पर्यटन क्षेत्रको अवश्गथा, विकाष, पुर्वाधार निमार्ण, समस्या समाधान र चुनौती जस्ता विषयमा गरेको कुराकानी ।


पर्यटन क्षेत्रका कसरी लाग्नु भयो ?
होटल तथा पर्यटन क्षेत्रमा मेरो बुवा र दाई पहिलादेखी नै लागीरहनु भएको थियो । परिवारका अभिभावकहरुले पहिला देखीनै गर्दै आएको व्यवसायमा लाग्ने प्रेरणा पहिले देखीनै थियो र १२वर्ष अमेरिका बसेपनीग्रिनकार्ड त्यागेर आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोच आयो र परिवारका अन्न सदस्यले गरेको व्यवसाय अलीक सजिलो नै हुने भएकोले पनी होला यतातीरै नया तरीकाले लाग्न मन लाग्यो र यतै लागीयो र अहिले यो व्यवसायमा लागेको ६ वर्ष भयो ।अहिले पोखराको लेकसाईडमा ब्यन्जन रेष्टुरेन्ट संचालन गर्दै आएको छु ।

अमेरिकाको ग्रीनकार्ड त्यागेर नेपाल आएर यो व्यवसायमा लाग्नु भयो , कस्तो पाउनु भएको छ ?
नेपालमा पर्यटन व्यवसायको संभावना एकदमै राम्रो छ । नेपालको पर्यटनक्षेत्रको १० प्रतीशतमात्र विकास भएको छ ,त्यसैले संभावना व्यापक देखेको छु मैले । ६ वर्षभयो म यो क्षेत्रमा लागेको अहिले सम्म राम्रो नै पाएको छु ।ग¥यो भने हुन्छ भन्ने विश्वास म मा छ । आफ्नो देशमा छाती फुलाएर काम गर्न पाइन्छ । नेपालको पर्यटन क्षेत्रमा धेरै संभावनाहरु छन् ।बाहिर देशमा बसेर कुनै कार्य गर्नु र आफ्नै देशमा केहिगर्नु धेरै फरक हुन्छ ।

यो व्यवसाय बाहेक अन्य क्षेत्रमा पनी लाग्ने कुनै सोच छ ,भविष्यमा र?
अहिले यस बाहेक भन्नु पर्दा बगैचा भन्ने रिर्सोट बनाउदै छु ।यो बगैचा पनी यही लेकसाईडमै छ ।सम्भव त अबको एक महिना जतीमा बगैचा रिर्सोट संचालनमा आउछ । यो रिर्सोटमा दुई जनाको लगानी रहेको छ ।बगैचा रिर्सोटले पर्यटकहरुलाई फरक किसिमको आनन्द तथा अनुभुती दिनेछ भन्ने विश्वास लीएका छौ ।
कतीको लगानीमा बगैचा रिर्सोट संचालनमा आउदैछ ?
बगैचा रिर्सोट निमाणमा कती लगानी भयो भन्ने कुरा अहिले नै सार्वजनी न गरौ । विस्तारै आउछ ,पछि जानकारी गराउने नै छौ ।
कस्तो विशेषता भएको रिर्सोट हो यो बगैचा रिर्सोटरु
यो नेपालकै पहिलो हेल्थ संग सम्बन्धीत रिर्सोट हो ।यो रिर्सोट संचालनमा आएपछि यहा आउनेहरुले नेपालमै पहिलोपटक नया खालको सेवा पाउने छन् ,नया अनुभव गर्न पाउने छन् ।पोखरा आउने आन्तरीक र बाह्य पर्यटकहरुलाई पोखरा आइसकेपछि बगैचा रिर्सोटमा आएर नया अनुभव लिनुहुन आग्रह गर्दैछौ ।
सुरुका दिनहरुमा कस्तो किसीमको चुनौतीहरुको सामना गर्नु प¥यो ?
नेपालमा सबैभन्दा ठूलो अफ्ठयारो भनेको म्यानपावरको हो ।काम गर्न सक्ने र सक्षम खालको जनशत्तिको अभाव भएको मैले पाएको छु ।

रेष्टुरेन्ट त टे«निङ्घ सेन्टर जस्तै भएको छ ।सिक्छन् सिक्छन सर्टिफिकेट बनाएर विदेशतिर हिडिहाल्छन ।फेरि अर्को नयाँलाई ल्यायो एस्तै हो ।पहिला यो क्रम अली कम थियो हाल अहिले आएर अली बडी छ ।सिकिसकेकाले जान्छु भन्दा नजा भन्नु भएन ।हामी व्यवसायीलाई गाह्रो भनेकै यहि हो ।हाम्रोमा ४० जना स्टाफमा अहिले पुरानो भनेको ३ जना जती मात्र छन ।यो क्षेत्रमा स्टाफ टर्नओभर एकदम हाई छ ।यो क्षेत्रमा मात्र के भन्ने सबै ठाउमा भन्नु पर्छ फलामको कामगर्ने देखी लिएर आइटी क्षेत्रसम्मको क्षेत्रमा यही समस्या छ ।जानेबुझेका अनुभवी अहिले सबै देश बाहिर छन् ।
नेपालको होटल व्यवसाय र पर्यटन क्षेत्रलाई प्रवद्धनकालागी के गरिदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ ?
सरकारले गर्नुपर्ने कार्य त धेरै छन् ।तर सरकारले गरिदियोस भनेर कुर्ने अवश्थापनी छैन ।विशेष गरेर होटल व्यवसायमा भन्नु पर्दा अहिलेको अवश्थामा व्यवसायीले आफुलाई चाहिने प्राय सबैखालका पुर्वाधार आफै व्यवश्था गरि सके । साखगरेर विद्युत सेवा नियमीत गर्नुपर्ने सरकारको कार्य हो । त्या कुनै एक व्यवसायीले गरेर हुदैन ।पुर्वाधारहरुको निमार्ण बाटोघाटोको निमाण गरिदिए अलीक राम्रो हुन्थ्यो जस्तो लागेको छ ।यो सबैले महसुस गरेको समस्याहरुहुन ।

त्यसबाहेक सरकारले यो गरिदिए हुन्थ्यो भन्ने त छैन् ।विशेषगरि विदेशजाने युवाशत्तिहरुलाई विदेशजानबाट रोक्नु प¥यो,आफ्नै देशमा कामगर्ने वातावरण गयार गरिदिनु प¥यो ।त्यो माहोल सरकारले बनाईदिनु जरुरी छ ।यो मलाईमात्र होइन सबैले अनुभव गरेका कुराहरु हुन ।तपाईले भन्नु भए झै अहिले नेपालमा युवाशत्तिको बाहुल्यता बडी छ ,यो त कामगर्नकालागी निक्कै राम्रो समय हो ।देश विकासकालागी युथहरुको अहम भुमिका रहन्छ ,अहिले जापानमा यो समस्या देखापरि सकेको छ ।
हालको पर्यटनको अवस्थालाई विगतसंग तुनला गर्नुपर्दा कसरी गर्नु हुन्छ ?
हो तपाईले भनेको जस्तै सन् २०१४मा त पर्यटकहरु पीक मै पुगेको अवश्था थियो तर त्यसपछि अवस्था खस्कदै गयो । नेपालमा विनासकारी भूकम्प गयो त्यले धेरै नराम्र असर पा¥यो । अवस्थामा केहि सुधारका संकेतहरु देखीएको थियो फेरि भारतले लगाएको नाकाबन्दिले पर्यटन क्षेत्र डामाडोलै भयो । अहिले केहिराम्रो हुने संकेत देखिएको थियो होटलहरुको बुकिड्ड पनी राम्रै देखीएको थियो तर राजनीतिक अस्थीरताले फेरि प्रभाव पारेको छ ।

अहिले घुम्नुपर्ने देशहरुको सुचीमा नेपाल पनी परेको छ लोल्नी प्लानेट जस्ता दुई तीन वटा ट्राभलबुक्सहरुले नेपाललाई छानेका छन् । यो हाम्रोलागी राम्रो कुरा मान्नु पर्छ ।नेपाल पर्यटन बोर्डले बनाउन लागेको घुमफिर वर्षको खासै प्रभाव देखिदैन ।यो कुरा सरकारले भन्दा निजी स्तरबाटै गर्नु पछ जस्तो लाग्छ ।अब पोखराको लागी भन्नु पर्दा मेन टारगेट त पोखरा विमानस्थल नै हो यो सिलन्यास त भयो तर सम्पन्न कहिले हुनेहो थाहा छैन ।

पोखरामा बन्ने क्षेत्रीय स्तरको अन्टराष्ट्रिय विमानस्थल र भैरहवामा बन्ने अन्तराष्ट्रिय विमानस्थलले पर्यटन क्षेत्रमा निश्चयपनी निक्कै राम्रो प्रभाव पार्ला, पर्यटक भित्रयाउन व्यवसायीहरुले कस्तो तयारी थालेका छन ?
यसकोलागी निजी क्षेत्र अलरेडी तयारी अवस्थामा छ । अहिले तयारी गर्नुपर्ने त नेपाल सरकारले हो । सरकारले यसकोलागी कुनै तयारी गरेको जस्तो लाग्दैन । खाली घुमफिर वर्ष भन्याछ । घोषणामात्र गरेर कहा हुन्छ रु पुर्वाधारकोनी थालनी गर्नु प¥यो नी । कुरामात्र गर्ने काम चाहि जीरो छ ।हातेमालो गर्न हामी त तयार छौ सरकार संग ।

तर सरकार संग त्यस्तो कुनै योजना नै छैन ।बाटो त नीजी क्षेत्रले बनाएर भएन ,यो त सरकारको काम हो ,काठमान्डौको विमानस्थल संसारकै नराम्रोमा परि सक्यो यो त नीजी क्षेत्रले बनाउने कार्य हैन ।श्रीलंकाको उदाहरण लिन सक्छै पास सात वर्ष द्वन्द्वभएको देश कहाबाट कहा पुगी सक्यो बंगलादेशले त्यस्तै विकास गरि सक्यो भारतको त कुरै न गरौ धेरै अगाडी पुगीसक्यो ।जबकि यी राष्ट्रमा सरकारले नै गरेको हो नी । नेपालमा संभावना हुदापनी हाम्रो सरकारले केहि गरेन भन्छु म त ।पर्यटनको क्षेत्रमा मात्र होईन कृषी औद्योगीकरण लगाएत सबै क्षेत्रमा हामी निक्कै पछाडी छौ ।सरकारले त यो गर्छु त्यो गर्छु भन्छ तर केहि गर्दै र हामीले आशगर्न पनि छोडी सक्यौ र अहिले सम्म जे जती यो क्षेत्रमा विकास भयो त्यो नीजीक्षेत्रको देन हो ।

अहिलेको राजनीतीक त्रासले फेरि व्यापारीहरुले नुन थुपार्न थाली सके भोली के हुनेहो भनेर ।ग्यासको जोहो गर्न थालीसके ,डिजल पेट्रोलको बारेमा फेरि सोच्नुपर्ने बेला भैसक्यो ।यस्तो भएपछि युवाहरुमा पनी त निरासापन आउछ । देशमा केहि हुन सक्दैन भन्दै विदेशीन बाध्यहुन्छन् ।
पोखरामा अहिले आन्तरीक पर्यटकको चाप कस्तो पाउनु भएको छ ?
अहिले नेपालीहरुको राम्रो छ ।मेरो पर्सनल कुरागर्नुपर्दा अहिले ८० प्रतीशत कस्टमर हाम्रोमा नेपालीहरु छन् । पहिला पनी त्यस्तै थियो अहिले पनी त्यस्तै छ ।हाम्रोमा त्यस्तो खासै विदेशी न आएर डामाडोल भयो भन्ने छैन ।म त के भन्छु भने अहिलेको अवश्थामा त पोखराको लेकशाइडमा नेपालली पर्यटकहरुले नै धानेको छ ।

विदेशी न आएपनी आन्तरीक पर्यटकले लेकशाइड सर्भाइव हुन सक्षम भैसकेको छ । नेपालीहरुमा पनी पछिल्लो समय घुम्नुपर्छ भन्ने सोच देखीएकोले यस्तो अवश्था आएको हो ।विशेषगरि अहिलेको नया जेनेरेसनहरुको जिवन शैलीमा आएको परिर्वतले यस्तो भएको हो ।विशेषगरि काठमान्डौ बाट र चितवन तीर बाट आएका आन्तरिक पर्यटकले पोखराको लेकसाइड चलेको एकदम साचो खबर हो ।
अन्तमा केहि भन्नु छ ?
पर्यटन प्रवद्धन गर्नुको लागी सबैभन्दा पहिला त मेन कुरा बाटोघाटो राम्रो हुनु प¥यो ।हेर्नुस न पहिला रारासम्म मोटर बाटो पुगेको थिएन अहिले बाटो पुग्दा राराजानेहरुको भिड नै लागेको छ ।मुग्लीङ नारायढगडको बाटोको अवश्थाको बारेमा तपाईलाई थाहा छदैछ यसलाई जती सक्दो चाडो निमार्ण गर्नु प¥यो ।यो बाटोले सौराहाको पर्यटक घटेको अवश्था छ ।एक घण्टाको बाटो तीन चार घण्टा लाग्ने अवश्था छ ।

अर्कोकुरा हाम्रो पोखरामा गर्न लागेको स्ट्रट फेष्टीबल हो यसमा म पनी इभेन्ट मेनेजर छु ,यो डिसेन्बर २८ बाट सुरु हुदै छ ।यसमा कम्तीमा पनी दुईलाख आन्तरीक पर्यटक आउने हामीले अपेक्षा गरेका छौ ।गएको वर्ष त नाकाबन्दी थियो तर पनी गरियो । यो वर्ष रार्मै्र होला सबैलाई आउन आह्वान गर्छु आउनु घुम्नुस भन्न चाहन्छु ।यो फेष्टीबल उ बेला विदेशी पर्यटक नहुनाले गरेका हौ र अहिले आन्तरीक पर्यटन प्रवद्धनकालागी गर्दै आएका छौ यो १८औ सडक महोत्सव हो ।

यो अवधिमा ३० करोडको व्यापार हुने आशा गरेका छौ ।यस्ता कुराहरुलाई नेपाल सरकारले पनी सर्पोट गर्नुपछ भन्न चाहन्छु ।सारकारले गर्ला नगर्ला यहिका मानीहरुले त मन खोलेर सहयोग दर्गैनन् ।यो नराम्रो पक्ष हो ।काठमान्डौको पर्यटनक्षेत्रको आफ्नै विशेषता होला मन्दिरहरु होलान तर पोखराको पनी आफ्नै प्राकृतीक संम्पदाहरुले भरिपूर्ण सम्पदाहरु रहेका छन । पर्यटकहरु यहा आएर भन्ने गरेकाछन् की तीमीहरु त स्वर्गमा बस्नेहरु रहेछौ । त्यसैले तपाइहरुलाई पनी निम्तो छ आउनुस घुम्नुस अनुभव लिनुस भन्न चाहन्छ ।


Facebook Comment


No ads found for this position