जाने हाेइनत हिउँमा रमाउन शैलुङ, यसरी पुग्न सकिन्छ शैलुङ (फाेटाे फिचर)

माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई

याे गीत नसुन्ने सायक कमै हाेलान । तर  शैलुङ काडमाणडाै देखि कति ठाडा पर्दछ भन्ने जानकारी धैर नभएर हाेला । जती शैलुङ क्षेत्रमा पर्यटक पुग्नु पर्ने हाे त्यती पुग्न सकेका छैन्न । रामेछाप र दोलखाको सीमावर्ती भु भाग हो, शैलुङ । समुन्द्री सतहबाट ३ हजार १ सय मिटर अग्लाईमा रहेको शैलुङ महाभारत रेन्जको सबैभन्दा उचाइमा रहेका स्थलमध्ये एक हो ।

शैलुङ यतिबेला पुग्ने हो भने सबैतिर हिउँ नै हिउँले ढाकिएको छ । हिउँमा रमाउनेहरुका लागि उपयुक्त मौका हो यो भने   भदौ असोजमा चाहि शैलुङ फूलले ढकमक्क सिंगारिएको हुन्छ ।

शैलुङको प्राकृतिक सौन्दर्य त छँदैछ, धार्मिक आस्थाको केन्द्र पनि हो । शैलुङलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिन्छ । यो जडिबुटीको अथाह भण्डार हो । शैलुङ स्थानियवासीको चौरीको चरन क्षेत्र पनि हो ।

शैलुङ क्षेत्र रामेछापको दोरम्बा, दोलखाको शैलुङ, मेलुङ्ग गाउँपालिकाभित्र पर्छ । शैलङ क्षेत्रबाट सगरमाथा लगायत दर्जनौं हिमालहरु आँखै अगाडि देख्न सकिन्छ । यहाँबाट देखिने सबैभन्दा आकर्षक दृश्यभ ने, गौरीशंखर हिमालको हो ।

दावा सङवु शेर्पा
अध्यक्ष
पश्चिमी रामेछाप पर्यटन विकास केन्द्र, दोरम्बा रामेछाप

शैलुङ क्षेत्रले विस्तारै विस्तारै गति लिदैछ

शैलुङ क्षेत्रले विस्तारै विस्तारै गति लिदैछ । आन्तरिक पर्यटककाे गन्तव्य स्थलका रूपले विस्तारै विस्तारै पिकअप लिदै छ । तर यस्काे जति प्रचार प्रसार हुनु पर्ने हाे त्यती हुन सकेकाे छैन । यही भएर हामी अहिले याे क्षेत्रकाे  विकासको आधार  डीपीआर बनानउदै छाै  ।

यो अहिले लगभग तयार भइसकेको छ । डीपीआर अन्तगर्त पर्यटक सूचना केन्द्र, पाहुना घर, भ्यू पोईन्ट, फुट टेल, पर्यटकीय क्याम्प, बगैचा, आधारभुत स्वास्थ उपचार केन्द्र, बनभोजस्थल, शैलुङ्ग प्रवेशद्वार लगायत समावेश छन् ।

हाल यो डिपीआर बनाउनका लागि दोरम्बा गाँउपालिका क्रियाशील छ । शैलुङ क्षेत्रको व्यापक प्रचार प्रसार तथा प्रवद्धन गर्न सकियो भने रामेछाप र दोलखाको आर्थिक विकासमा टेवा पुग्छ जस्तो लाग्छ । दोलखाको कालिन्चोक भगवती र शैलुङ्गको अन्तरसम्बन्ध बाढाउन सकयो भने अझ राम्रो हुन्छ ।

अन्तरसम्बन्ध भन्नाले रामेछाप र दोलखाको साझा योजना तयार गर्नु हो । हाल काठमाडौंदेखि नेपालथोकसम्म बाटो कालोपत्रे छ ।

यो दुरी ८० किलोमिटर मात्र हो, बाँकी नेपालथोकदेखि दोरम्बारको राजवीरसम्म ४१ किलोमिटर दूरी कच्ची छ । यो बाटो पनि कालोपत्रे हुँदैछ । राजवीरदेखि शैलुङ १० किलिमोटर छ । यो क्षेत्रमा पदामार्ग उपयुक्त हुन्छ ।

कसरी पुग्ने

काठमडौबाट नेपालथोक, दोरम्वा हुँदै शैलुङ्ग पुगिन्छ । यसको दूरी १ सय २१ किमी छ । यसैगरी काठमाडौंबाट खाडीचौर, मुडे हुदै शैलुङ्ग पुगिन्छ । यसको दूरी १ सय ३१ किमी रहेको छ ।

 


Facebook Comment


No ads found for this position