जाने होईन त रक गार्डेन (फोटो फिचर)

पोखरा । सेतीको चिसो पानी गहिरिएर बगेको छ । बगेको पानीले चट्टानलाई समेत फोरेको छ । बग्ने क्रममा एकोहोर पानीको रटाईले प्राकृतिक आकर्षण पनि बनाएको छ । पानीले चट्टानमा बनाएको प्राकृतिक आकृतिलाई पर्यटकीय दृष्टिकोण दिन सकिएको छैन् । चट्टानमा प्राकृतिक रुपमा कु“दिएको चित्रले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सहज हुने विश्वास लिइएको छ ।सेतीले बनाएको चट्टान रुपी प्रकृतिलाई ‘रक गार्डेन’(चट्टान बगैंचा) बनाई पर्यटकीय आकर्षण बनाउनपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । यद्यपी त्यसको संरक्षण र सम्वद्र्धन मात्रै नभई प्रवद्र्धन पनि हुन सकेको छैन् । पोखरास“गै जोडिएको तनहु“को व्यापारिकस्थल दुलेगौडादेखि दक्षिण ढोरफिर्दी प्रवेश गर्ने क्रममा यो रक गार्डेन देख्न सकिन्छ । झण्डै दुईमिटर लम्बाईमा रहेको चट्टानरुपी प्रकृतिलाई व्यवस्थित गरी आवश्यक पुर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने पर्यटनकर्मी डम्बरबहादुर केसी बताउ“छन् ।‘प्राकृतिक सम्पदालाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्नुपर्छ ’ उनले भने—‘त्यसको लागि स्थानीयस्तरबाटै चासो दिनुपर्छ ।’ सेती किनारलाई चट्टानी बगैचा बनाउन दुलेगौडा गाविस र ढोरफिर्दी गाविसका स्थानीयबासिन्दाले पहल गर्नुपर्नेमा उनको जोड छ । भएको प्राकृतिक सौन्दर्यलाई पर्यटकीय दृष्टिकोर्ण दिई आवश्यक पुर्वाधार तयार पारेर पर्यटन प्रवद्र्धन तर्फ ध्यान दिनुपर्ने खा“चो छ ।

केसीले सन २००१ मा नया“ पदयात्रा मार्गको रेखांकनको क्रममा चट्टानी बगैंचाको अवधारणा सार्वजनिक गरेका हुन् । मध्यपहाडी पदयात्रा मार्ग ‘मिलेनियम टे«क’को रेखांकन गर्ने क्रममा उनले त्यस क्षेत्रका बासिन्दास“ग छलफल समेत गरेका थिए । तनहु“को ढोरफिर्दीदेखि शुरु हुने मिलेनियम ट्रेक स्याङजाको माझकोटमा पुगेर टुगिन्छ । पदयात्रामा फरक स्वाद दिने उद्देश्यसहित शुरुवात गरिएको उक्त पदयात्रा मार्गको प्रवेशद्वारमै रहेको चट्टानी बगैंचालाई मानवीय दिमाग प्रयोग गर्न सकिएको छैन् ।‘प्रकृतिले पर्यटनको सम्भाव्यता दिएको छ । तर मानवले उपयोग गरी पुर्वाधार विकास गरेर बजारीकरण गर्न सकेका छैनन्’ उनले भने—‘साहसिक खेलदेखि पिकनिक स्पटसम्म बनाई प्रवद्र्धन गर्नुपर्छ । त्यसको लागि प्रत्यक्ष सरोकार राख्ने दुलेगौडा र ढोरफिर्दी गाविस तात्नुपर्छ ।’ चट्टानी बगैंचा निर्माण सकिए पोखरा भित्रिने पर्यटकको बसा“ई लम्ब्याउन सकिने छ भने आम्दानीलाई गाउ“कै विकासमा खर्च गर्न सकिने समेत उनको भनाई थियो ।साभार गनथनडटकम /तस्विर ः केयम बराल


Facebook Comment


No ads found for this position