जेष्ठ नागरिकलाई नेपाल एयरलाइन्सबाट ५० प्रतिशत छुट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईले जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिन गरेको निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । मन्त्री भट्टराईले ७० वर्ष कटेका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन गरेको निर्णय सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले कार्यान्वयनमा ल्याएको हो ।

छुट दिने निर्णय आजदेखि नै कार्यान्वयनमा आएको नेपाल वायु सेवा निगमले जनाएको छ । निगमले आन्तरिक उडानका क्रममा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने छ ।

पर्यटन मन्त्री योगेश भट्टराईले मन्त्रालय सम्हाएसँगै सार्वजनिक गरेको एक वर्षे कार्ययोजनामा जेष्ठ नागरिकलाई हवाई भाडामा ५० छुट दिने घोषणा गरेका थिए । गत भदौ ९ मा गरेको घोषणालाई भट्टराईले सरोकारवालासँग छलफल गरि ३ महिनाभित्रै कार्यान्वयनमा ल्याउने बताएका थिए ।

पर्यटनमन्त्री भट्टराईले भदौ ९ मा गरेको घोषणालाई सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले कार्यान्वयनमा ल्याएको हो । अन्य हवाई सेवा प्रदायक संस्थाहरुसँग भने कार्यान्वयनका लागि छलफल जारी रहेको बताइएको छ ।

यसैबीच, दशैँको अग्रिम टिकट बुकिङ पनि निगमले खुल्ला गरेको जनाइएको छ ।


Facebook Comment


No ads found for this position