ठमेल पर्यटन परिषदमा १ सय २० मतको अन्तरले राणा बिजयी

काठमाण्डौं । ठमेल पर्यटन परिषदको अध्यक्षमा प्रकाश नरसिंह राणा बिजयी भएका छन् । कार्यसमितिमा राणा नेतृत्वको प्यानलले बहुमत प्राप्त गरेको छ ।

अध्यक्ष राणाले आफ्ना प्रतिद्धन्द्धी अर्जुनलाल प्रधानलाई १ सय २० मतको अन्तरले प्रराजित गर्दै विजयी भएका छन् । अध्यक्ष पदका लागी राणाले ३३३ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरेका थिए ।

कार्यसमितिमा ,उपाध्यक्षमा राजुमान डंगोल ,उपाध्यक्षमा भविश्वर शर्मा ,उपाध्यक्षमा गीता गुरुङ ,महासचिवमा धुव्र अधिकारी,सचिवमा बद्रि प्रसाद तिमिल्सिना र कोषाध्यक्षमा पुण्यराम लगेजु विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा दिनेश श्रेष्ठ ,राजेन्द्र दुलाल,केशव बस्नेत,सुरेन्द्र श्रेष्ठ,कर्मा घले ,स्वप्नील शर्मा,रुपेश गुरुङ र नरेन्द्र ब श्रेष्ठ विजयी भएका छन् ।


Facebook Comment


No ads found for this position