डा. केसीको अनसनप्रति नयाँ शक्तिको ऐक्यवद्धता

३० असार, काठमाडौं । नयाँ शक्ति नेपालले डा. गोविन्द केसीको आमरण अनसनप्रति ऐक्यवद्धता जनाएका छन् । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई नेतृत्वको टोली त्रिवि शिक्षिण अस्पतालस्थित अनसन स्थलमै पुगेर ऐक्यवद्धता जनाएको हो ।

डा. केसीलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शक्तिका संयोजक भट्टराईले चिकित्सा शिक्षाको क्षेत्रमा रहेको विकृति, विसंगति हट्नुपर्ने र माथेमा आयोगको प्रतिवेदनको सिफारिशहरुलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

अहिले वर्तमान सरकारप्रति अविश्वास प्रस्ताव दर्ता भइसकेको र नयाँ सरकार नबनिसकेको अवस्थामा कसैले पनि जिम्मा नलिने खतरा रहेको भन्दै उनले डा. केसीको जीवनरक्षाका लागि सहज तरिका अपनाउनुपर्ने धारणा राखेका छन् ।जवाफमा डा. केसीले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने पनि बताएका छन् ।


Facebook Comment


No ads found for this position