ढकमक्क ढोरपाटन (फोटो फिचर)

आरके अदीप्त गिरी

तीन हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइभित्र बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लाको १ सय २५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको ढोरपाटन देशको एकमात्र वैधानिक सिकार आरक्ष हो। यो ०३९ सालमा स्थापना भएको हो। लेकाली एवम् उच्च हिमाली भू–भाग र हावापानी भएकाले यो आरक्ष जैविक विविधता, प्राकृतिक भू–सम्पदा, महत्वपूर्ण दुर्लभ वन्यजन्तु तथा वनस्पतिका लागि प्रख्यात छ । यस आरक्षका घना जङ्गल एवम् लेकाली खर्क सिकारका लागि प्रख्यात छन्।

यहाँका समथर घाँसेमैदानहरु दुर्लभ वनस्पति र फूल वृक्षहरुको अध्ययन–अवलोकनका लागि प्रख्यात छन्।

अहिले ढोरपाटनको खुल्ला उपत्यका विभिन्न प्रजातिका भूइ फूलहरुले ढकमक्क छ। उपत्यका वरपर डुल्दा यहाँ फूलेका अनेक फूलहरुको सुगन्ध र महकले मन त्यसैत्यसै लठ्ठिन्छ।

यसको सौन्दर्यलाई कुनै सुन्दर फूल बगैँचाभन्दा कम आँक्न मिल्दैन। यहाँ प्रायः हिमाली खण्डमा पाइने फूलहरु पाइन्छन् । यी फूलको नाम र जात सम्बन्धमा भने अहिलेसम्म कुनै खोजी र चर्चा भएको छैन । यसो हुन सके सिकार आरक्षले दिलाएको यहाँको ख्यातीमा ढोरपाटन दुर्लभ वनस्पति र फूलवृक्षको वैज्ञानिक अध्ययन थलो पनि जोडिन्थ्यो कि!

dhorpatan (1) dhorpatan (2) dhorpatan (3) dhorpatan (4) dhorpatan (5) dhorpatan (6) dhorpatan (7) dhorpatan (8) dhorpatan (9) dhorpatan (10) dhorpatan (11) dhorpatan (12) dhorpatan (13) dhorpatan (14) dhorpatan (15)


Facebook Comment


No ads found for this position