तटबन्धले छुटायो मातृभूमि, नेपाली वा भारतीय हुँ भनेर अलमलिन्छन्

४ साउन, काठमाडौं । होलिया–५, टेपरीगाउँका बिकाउलाल यादव नेपाली नागरिक हुन्। तर, उनको बसोबास सीमावर्ती भारतीय गाउँमा छ। त्यसैले उनी कहिलेकाहीँ आफू नेपाली हुँ कि भारतीय भनेर अलमलिन्छन्।
‘मसँग नागरिकता मात्र नेपाली छ, अरु सबै भारतकै हुँ,’उनले भने,‘अब तपाई आफैं भन्नुस्, भारतीय कि नेपाली?’ बिकाउलाल दुई देशको नागरिक भएको डेढ दशकअघि भारतले कलकलवा तटबन्ध निर्माण गरेपछि हो।
साढे २२ किलोमिटर लामो तटबन्धसँगै बिकाउलला बसोबास गर्ने बाँके, होलियास्थित टेपरीगाउँ बर्सेनि डुवानमा पर्न थाल्यो। डुबान र कटानले थातथलो नै मेटियो। त्यसपछि उनी दक्षिणतिर भारतीइ भूमिमा बसाइँ सरे। अहिले उनी तटबन्धले सुरक्षित बनाएको भारतीइ गाउँमा बस्छन्।‘उता नेपालतिर गाउँ उजाड बनेको देख्दा पीडा हुन्छ,’ उनले भने,‘अर्काको देशमा बसाइँ सरेको सम्झिँदा मन झन् दुख्दो रहेछ।’
सीमा क्षेत्रमा भारतद्वारा निर्मित कलकलवा तटबन्धले दक्षिणतिर धकेलिने बिकाउलाल एक्लो होइनन्, उनीजस्ता थुप्रैको जीवनलाई तटबन्धकै कारण डेढ दशकमा करिब ३ सय घरधुरी भारतमा बसाइँ सरेका छन्।


Facebook Comment


No ads found for this position