तस्बिरमा कुभिन्डेजात्रा

विजयादशमीको अवसरमा भक्तपुरको मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिन्डेजात्रा आज सम्पन्न भएको छ ।नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु गरिएको थियो ।

कुभिन्डेजात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दसैँघरमा भित्र्याएपछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ ।

नवमीका दिन कोतमा बलि दिइएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिन्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो ।

एकादशीका दिन आज तीनजना पमा ९थकाली०, बाजा बजाउने कुस्ले, कपाली, मुकुन्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके, राजोपाध्यायसहितको संलग्नतामा जात्रा सम्पत्र गरिएकोे हो ।

बाजागाजासहित लायकूबाट ल्याइएको कुभिन्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरेपछि थकाली ९पमा० ले बलि दिएका थिए । कुभिन्डोको टुक्रा टिपेर लानसक्नेको घरमा सुःख, शान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ । तस्बिर : रत्न श्रेष्ठ

thimi-kubhende-jatra-1 thimi-kubhende-jatra-2 thimi-kubhende-jatra-3 thimi-kubhende-jatra-4 thimi-kubhende-jatra-5 thimi-kubhende-jatra-6


Facebook Comment


No ads found for this position