नगरकोट आउदा मनमा कुनै दुविधा नमानी सिधै आए हुन्छ : व्यवसायी माक

नेपाल आउने पर्यटकको रोजाईमा पर्ने स्थान मध्य एक हो काभ्रे र भक्तपुर जिल्लामा सिमानामा पर्ने स्थान नगरकोट । सुर्य उदाएको हेर्नका लागी विश्वको उत्कृष्ट दश स्थान मध्य एक स्थान पनी हो नगरकोट । विगत दुई दशक भन्दा पनी बढी समय नगरकोटमा होटल ब्यबसायमा सग्लग्न हुन बद्रि माक । बिक्रम सम्वत २०२३ सालमा भक्त्तपुरको सुकुल ढोकामा जन्मीएका व्यवसायी तथा समाज सेवी माक २०४० देखि नगरकोटमा होटल व्यवसायमा सगल्गन छन् । नगरकोटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरेर अहम भूनिका निभाएका व्यवसायी माक संग घुमफिर नेपालले गरेको कुराकानी

badir makaहोटल व्यवसायमा कहिले देखि आबद्ध हुनु भयो र?
म यो क्षेत्रमा सन १९९४ साल देखि आबद्ध भएको हु ।
नगरकोट जाने र होटल व्यवसाय गर्ने सोच कसरी आयो र?
त्यो बेलाको परिस्थीतीमा घरको अवस्थमा अलि कमजोर थियो । प्रवेशिका परिक्षा उत्तिण गरेर बसिरहेको थिए । के गर्ने त भन्ने सोच सोच्दै कामको सिलसीलमा यो पेशामा आएको हो ।

यो व्यवसायमा लाग्न कतीको संर्घष गर्नु प¥यो र?
त्यतीबेला नगरकोटमा केहिपनी थिएन । बाटो पनी छैन, अनि हामी जादाखेरि नगरकोटमा सन राईज र सनसेटको दृश्यहेर्न धेरै पदयात्रीहरु आउथ्यो । तिनीहरु आएको देखेर यो स्थानमा होटल चल्छ जस्तो लागेर यो क्षेत्र तर्फ आएको हो । त्यत्रो ट्रेक्रर्सहरु आउने रहेछन् यहाँ होटल किन न बनाउने भन्ने सोच आयो ,यस क्षेत्रमा किन न लाग्ने भनेर चाहि हामी त्यसमा लाग्एम र गर्दै गर्दै गैसकेपछि लगभग दश वर्ष पछि क्लब हिमालायन होटल आयो ।
त्यो बेला आफुले चिने जानेका साथिहरुलाई नगरकोट जग्गा किन भन्दा र साथीभाई लाई लगेर नगरेकोटको जग्ग देखाउँदा पहिला गाली गरे त त यस्तो बादर लडने जस्तो भिरालो ठाँउमा जग्गा लिने भनेर हामीलाई गाली ग¥थ्यो । अहिले चाहि सबैले तिम्ले भनेको कुरा ठिक छ भनेर भन्छन् ।
त्यसपछि नगरकोट आउने पर्यटहरुको चाप कस्तो र¥यो ?
त्यसपिछका दिनमा विस्तारै नगरकोट आउने पर्यटकहरुको चाप त धेरै नै बड्दै गयो अक्सर गरेर सन दुईहजार देखि भक्तपुर देखि नै नगरकोट सम्म लाईनै लाग्न थाल्यो । आन्तरिक धेरै पर्यटकहरुलाई हामीले तान्यौ ।
विनासकारी भूकँम्पले पु¥याएको क्षती र लगतैको नाकाबन्दिले पु¥याएको असरलाई कसरी सामना गर्नु भयो ?
हामि सरकार प्रति निकै आशावादि थियौ , भुकम्प तथा नाकाबन्दीले ब्यबसायलाई निकै असर पुराएको समयमा सरकाले ब्यबसायलाई केही राहत देला की भन्ने आश छ दिएको छैन । हामी भुकम्प पिडीत भएर पनी केही राहत नपाउद समस्या आएको छ । हामीपनि पिडित भएपनि पिडित काडै नै पाएको छैन सरकारबाट ।
कतीजनाको सख्यामा हुनुहुन्छ तपाई पीडितहरु?
यो क्षेत्रमा भुकम्प बाट क्षती भएका स्थानीयहरुले पाय तर हामी व्यवसायीहरुले रेडकार्ड नपाउनेहरु दश बार जना छौ ।हाम्रो पनि पुरै क्षती भएको छ । हामीले भुकम्प पिडीत कार्ड पायौ भने सरकारी केही सुविधा पनी पाउथ्यौ की भन्ने आश हो ।
सरकारले विवेध किन ग¥यो जस्तो लाग्छ ?
मेरो विचारमा उहाहरुको निति नियमै न बनेर होला जस्तो लाग्छ । वा भनौ न बुझेर हो कि, नबुझेर थाहा पाउन सकेनौ हामीहरुले । यस विषयमा सिडियो साबलाई पनी कुरा राखी सक्यौ । हुन्छ के छ हेरुमला भन्नु भयो तर केही सुनुवाई भएन । यो कुरा हाम्ले संसद सम्म पनि पु¥याइम, नारायणमान विजुक्छे मार्फत । उहाले यो कुरा राख्दा निती आउछ । निती ल्याउने, त्यसछि त्यसलाई फलो गर्नुपर्छ भन्नु भो तर अहिले सम्म आको छैन् ।
अनि सरकारको नितीलाई कुरेर बस्नु भएको छ कि पुर्ननिमार्णमा लाग्नु भयो ?
हैन यो पुन निर्माणमा त लागी सक्यो । सरकारको नितीलाई पर्खेर हुदैन भनेर हाम्रो यो ओपनिङ त सानोतिनो क्षती हुनेले पुन निमार्ण गरेर विज्नेस राम्रौ गरिसकेको अवश्था छ । अनी यो विचमा फेरि प्रोबलम कहाँ आयो भन्दा यो नाकाबन्दीले फेरि समस्या आयो ।
त्यसपछि त धेरै मारमा प¥यो । राजधानी बासीहरुको आन्नद तथा मनोरन्जन लिने स्थान नगरकोट हो । तर नगरकोट जानलाई सवारी साधनमा राख्ने तेल नै छैन भने कसरी जाने । त्यो बेला सुनसानै भयो तर अहिले चाहि अलीकती पीकअप हुन थाल्या छ ।
अब नगरकोट आउन चाहनेलाई के भन्न चाहनुहुन्छ ?
अहिलेको अवस्थामा नगरकोट घुम्न आउन चाहनेहरुले मनमा कुनै दुविधा न मानीकन सिधै आए हुन्छ । धेरै जसो होटलहरु संचालनमा आई सके ।


Facebook Comment


No ads found for this position