नेपालको एक मात्र स्थान जहाँबाट कैलाश पर्वत हेर्न सकिन्छ (फोटो फिचर)

माउन्ट कैलाश अर्थात मानसरोवर हिन्दुहरुको पवित्र तिर्थ स्थल । कैलाश दर्शन गरेपछी स्वर्ग गईन्छ भन्ने जनविश्वास रहेको छ । धार्मिक मात्र नभएर पर्यटकीय हिसवाले पनी निकै प्रख्यात रहेको छ माउन्ट कैलास पर्वत । कैलाश पर्वत यात्राको प्रवेशद्धारको रुपमा प्रख्यात रहेको छ हुम्लाको सिमिकोट ।

नेपालगन्ज देखी सिमीकोट सम्मको हवाई यात्रा पश्चात सुरु हुन्छ कैलाश पदयात्राको । सिमिकोट देखी तिन दिनको पैदल यात्रा पश्चात पुगिन्छ कैलास पर्वतको धार्मिक स्थल । तर कैलास पर्वत यात्राको लागी भिसाका समस्या रहेका छ । यती मात्र होईन कुन समयमा चिनको नाका बन्द हुन्छ कुन समयमा खोल्ने हो, सो को निश्चित हुदैन
यस्तो समस्या आएमा यस्को विकल्प हुन सक्छ नेपालको र तिब्बको सिमाना रहको हुम्लाको लाप्चा स्यारबाट कैलाश पर्वत दर्शन गर्ने । हुम्लाको सदरमुकाम सिमिकोटबाट लिमि भ्याली हुदै लाप्चा स्यार पुग्नलाई ६ दिनको यात्रा तय गर्नु पर्दछ ।

प्राकृतीक सुन्दरताका साथै जनजिवनका दृश्यअवलोकनका लागी निकै उत्कृष्ट स्थान मध्य एक हो लिमि भ्याली ।
कैलश जान चाहने तर भिसा नपाउनेहरुका लागि मात्र अहिले प्रयोग भएको छ तर यस रुटलाई पदयात्राको रुटमा जोड्न सकियो भने राम्रो हुने तर्क रान्दछन पर्यटन ब्यबासायीहरु । कैलाश पर्वत का लागी भिसा लिन समस्या हुने र निश्चित नभएपछी यो रुटलाई विकल्पका रुपलमा प्रयोग गर्ने गरेका छन् बयबसायीहरुले ।

लाप्चा स्यार सम्म पुग्नलाई दुई वटा बाटो रहेको छ । पहिला हिल्सा बाट लिमि हुदै ल्याक्पा स्यार जाने र अर्को न्यालो पास ४९५० मिटरको पास भएर लिमि हुदै ल्याक्पासार जाने गरीन्छ । तस्विरहरु भरतबन्धु थापा/छिरीड लामा


Facebook Comment


No ads found for this position