पर्यटनमा विश्व लोभ्याउने प्रदेश बनाइन्छ : मुख्यमन्त्री शाही

सुर्खेत, साउन : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटनमा कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइने बताउनुभएको छ ।  “कर्णालीको पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले विश्वको नेपाल र नेपालको कर्णालीलाई पर्यटनको गन्तव्य बनाउन दिगो सोचका साथ लागिएको बताउनुभयो । मुख्यमन्त्री शाहीले भन्नुभयो, “हामी कहाँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा छन्, बरु तिनको प्रचार हुन सकिरहेको छैन ।”

अर्थतन्त्रको बलियो आधार पर्यटन भएको बताउँदै उहाँले भन्नुभयो, “कर्णालीलाई हाइड्रो र कृषि पर्यटनका रुपमा पनि विकास गर्न सकिन्छ, यसका लागि लगानी र इच्छा शक्तिको आवश्यक छ ।”
नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) ले राज्यको पर्यटन नीतिलाई आवश्यक सहयोग गर्दै विट पत्रकारिताको शुरुआत र त्यस विधामा विज्ञता हासिल गर्ने उद्देश्य लिएर संघ अघि बढेको बताउनुभयो ।
कर्णालीको पर्यटनमा खोजरत युवा हरिहर न्यौपानेले कर्णालीको विद्यमान पर्यटन अवस्था, पर्यटकीय साइट, देखिएका समस्या, प्रदेश सरकारले लिएको नीति र गरिरहेको अभ्यास, यसको आगामी विकासबारे तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा कर्णाली प्रदेशका १० जिल्लाका प्राकृतिक, ऐतिहासिक, धार्मिक÷सांस्कृतिक गरी तीन वर्गमा पर्यटकीय क्षेत्रको तथ्यांक उल्लेख गरिएको छ ।

यी हुन् कर्णाली प्रदेशका प्रमुख पर्यटकीय स्थलका तस्विरहरू

हुम्ला
नेपालकाे सबैभन्दा ठुलेा ताल रारा ताल, मुगु
विश्वकाे सबैभन्दा अग्लाे स्थानमा रहेकाे मानव बस्ति धाे, डाेल्पा
दाेस्राे लुम्बीनीका रूपले प्रख्याता क्राँक्रेविहार मन्दिर, सुर्खेत
दैलेख
फाेकसुण्डाे ताल, डाेल्पा
खुडाँनाच, जाजरकाेट


Facebook Comment


No ads found for this position