प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहभागी हुने झलनाथको संकेत

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा नेकपा एमाले सहभागी हुन सक्ने आशय व्यक्त गरेका छन् ।

jhalanath khanaराष्ट्रपतिले सहमतीय सरकार आह्वान गरेको अवधिलाई प्रचण्डले उपयोग गरेर राष्ट्रिय सहमतिको पहल गर्नुपर्ने सुझावसमेत खनालले दिएका छन् । यसका लागि प्रचण्डले एमालेलाईसमेत वार्तामा बोलाउनुपर्ने उनको माग छ ।

संसद बैठकमा पूर्वप्रधानमन्त्री खनालले भने- कामरेड प्रचण्डले हृदयको मनले राष्ट्रिय सहमतिको आवश्यकता महशुस गर्नुभएको छ भने राष्ट्रपतिको पहिलो आह्वानको बीचमा हामी वार्ता गरौं । प्रधानमन्त्रीको तर्फबाट के कमी भए, त्यो पनि समीक्षा गरौं । होइन एमाले प्रतिपक्षमा बस्नैपर्छ भने यहाँहरुको धारणा हो भने यहाँहरुको धारणाको जय होस् ।’

पूर्वप्रधानमन्त्री खनालले संविधान कार्यन्वयनका लागि प्रमुख दलहरु मिल्नुको विकल्प नरहेको बताए । एमाले प्रतिपक्षमा बस्न नडराएको प्रष्ट पार्दै उनले, अहिलेको खेलले संविधान कार्यान्वयन नहुने डर बढेको बताए । उनले भने- ‘अविश्वासको प्रस्तावले हामीबीच अविश्वासको खाडल बढाएको छ, जहाजबाट हामफाल्ने मूसा प्रवृत्तिलाई फाइदा भएको छ ।

एमाले नेता खनालले अविश्वास प्रस्ताव आवश्यक र जरुरी थिएन भन्दै ओली सरकारले गरेका राम्रा कामहरुलाई कार्यान्वयन गर्ने बेलामा अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले भने- यो सरकारले भारतसँग न्यानो सम्बन्ध बनायो, चीनसँग गरेका सन्धी सम्झौता कार्यान्वयन गर्ने बेलामा अविश्वासको प्रस्ताव आउनु विडम्बना हो । यसले हामीलाई अग्रगतितर्फ लाँदैन ।


Facebook Comment


No ads found for this position