बाँकेको कोहलपुरमा रहेको चारतारे होटल ‘सेन्टर प्लाजा’ पूर्ण रूपमा सञ्चालन

पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा रहेको होटल सेन्टर प्लाजा पुर्ण रुपमा संचालनमाआएको छ । ५५ करोड रुपैयाँ लगानीमा निर्मित होटलल सेन्टर प्लाजामा पुर्णरुपमा संचालनमा आएको हो । २२ कठ्ठा क्षेत्रफल रहेको होटलमा ८० कोठाको सुवीधा रहेको ।
नौ बर्षअघि बाँकेको कोहलपुरमा ५ करोड रुपैयाँको लगानीमा होटल व्यवसाय थालेको होटल सेन्टरप्लाजा प्रालिले कोहलपुरकै मदनचोक नजिकै अर्को पाँचतारे स्तरको होटेल सेन्टर प्लाजा निर्माण गरेको हो ।
निर्माण सुरु भएको २५ महिनामा आंशिक सञ्चालनमा रहेको होटेल सेन्टर प्लाजाले यहि बैशाख २५ गते बाट पुर्ण रुपमा सञ्चालनमा आएका हो । होटलमा ८० कोठा, स्विमिङ्ग पुल, जिम स्पा, वार, रेष्टुरेन्ट, कन्फ्रेन्स र वेन्कुईटका सुविधा सहित पुर्ण रुपमा सञ्चालनमा आएको छ ।

हिन्दुहरुको पवीत्रतिथ स्थल मानसरोबर जाने एक मात्रमार्ग हिल्सा हो । हिल्सा जानकालागी नेपालगन्ज प्रवेशद्धार हो । पश्चिम नेपाल आउन आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर पाचतारे मापदण्डको होटल संचालन गर्न लागिएको प्रबन्ध निर्देशक देवानन्द अर्यालले बताए । उनले भने अहिले केही महिना अघि आंशिक सञ्चालन गरिएको थियो र बैशाख २५ गते देखी पुर्ण रुपमा संचालनमा आएको छ ।
सबै कोठा, रेष्टुरेन्ट, कन्र्पेmन्स हलमा उत्तिकै हावा र उज्यालो होस् भनेर होटलको भवन अक्टागनल डिजाईन अर्थात अष्टकोण शैलीमा बनाईएको छ । अक्टागनल शैलीमा बनेका होटलका भवनहरु नेपालमै बिरलै मात्र पाईन्छ । सीपमा चढेको महशुस हुने किसिमको क्रुजबार पनि होटलको अर्को बिशेषता हो भएको होटलक प्रबन्ध निर्देशक अर्यालले बताए ।
अपाङ्गमैत्रीपनि रहेको यो होटलले स्थल तथा हवाई मार्ग हुँदै पश्चिम नेपालका विभिन्न ठाउँहरुमा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा–सुविधा दिने प्रबन्ध निर्देशक अर्यालले बताए । होटलमा ३२ सय स्क्वयार फिटको स्विमिङ पुल, दुईवटा बार, चारवटा सेमिनार हल र एक वटा ब्यांकेट हल रहेको छ ।
प्रिसिडेन्सियल स्वीट रुमको १८० डलर, एक्जिक्युटिभ स्वीट रुमको १२० डलर, जनरल स्वीट रुमको ९० डलर तथा सिंगल डिलक्स रुमको ५५ डलर र ट्वीन डिलक्स रुमको ६५ डलर दर रहेको निर्देशक अर्यालले बताए ।
आन्तरिक पर्यटकको लागीविषेश सहुलियतको योजना छ । आन्तरीक पर्यटककालागी खाना र कोठाका लागीभारी छुट राखिएको छ ।
पश्चीम नेपालकै पहिलोपटक Central VRF System Air Condition जसमा 410 A  को Green GAS प्रयोग गरीएको छ । यसमा भएको ग्यासल वाताबरण तथा स्वास्थमा कुनै पनीखालको प्रतिकुलअसर नगर्ने प्रवन्ध निर्देशक अर्यालले बताए ।

होटल सेन्टर प्लाजालार्य पश्चिम नेपालकै एउटा गन्तब्य स्थल बनाउने सोच रहेको छ : प्रबन्ध निर्देशक अर्याल

लामो समयपश्चात मेरा सपना पुरा भएको छ । तर पुर्ण रुपमा होईन आशीक हो । अझ धेरै गर्न बाँकी छ । मैले कोरीयामा लामो समय सम्म यही पेशामा सग्लग्न थिए ।

आफु सग जे सिप छ त्यहीलाई स्वदेशमै केही गरौ भन्ने हेतुले नौ बर्ष अघि कोहलपुरमै सेन्टर प्लाजा होटल संचालन गरे । त्यस्ले मलाई केही आट दिलायो ।

अनी मैले अहिले यो होटल खोल्ने आट गरेको हो । मैले अझ धेरै कामहरु गर्न बाँकी रहेको छ ।

मैले होटल मात्र नभएर पश्चिम नेपालमा आउने आन्तरीक तथा बाह्य पर्यटकको यो होटल एउटा गन्तब्य स्थल बनाउने सोच रहेको छ । होटल भनेको आरम मात्र गर्ने होईन यहाँ आउदा अर्कै खालको अनुभुती होस भन्ने सोच रहेको छ ।

हामीले हाम्रो होटलमा २४ औ घण्टा खुल्ला राखेको छौ । यसो गर्नुको कारण यो राजमार्ग भएर जाने जो कोहीलाई पनी खान र बास बस्न असहज नहोस भन्ने हेतु रहेको हो ।पश्चिम नेपाल घुम्न चाहने आन्तरीक तथा बाह्य पर्यटकालाई आवश्यक सुचना सहित सेवादिईन्छ ।

होटलले कोहलपुरलाई केन्दबिन्दु मानी सो क्षेत्रको आसपासको २० किलोमिटर वरीपरी आफ्ना ग्राहलाई निःशुल्क वातानुकुलित अत्याधुनीक बस संचालन समेत गरेको छ भने होटलमा आउने ग्राहलाई एयरपोर्ट बाट पीकअप ड्रपको सेवा समेत ब्यबस्थापन गरीएको छ ।होटलमा८० प्रतीशतलाई स्थानियलाई तालीमदिएर रोजगारी दिएको छ । जस मध्य ६५ प्रतिशतमहिला रहेका छन् र होटेल पुर्ण रुपमावातावरण मैत्री रहेको छ ।


Facebook Comment


No ads found for this position