बाढीको पूर्वसूचना अब मोबाइलमै

१० साउन, काठमाडौं । बाढी र पहिरोको उच्चजोखिममा रहेका स्थानमा बसोबास गर्ने एनसेलका ग्राहकहरूले अब सम्भावित बाढी र पहिरोबारेका पूर्वसूचना आफ्नै मोबाइलमा एसएमएसमार्फत पाउने भएका छन् ।

badiएनसेलले शुक्रबार जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसले बाढी र पहिरोको उच्चजोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी र पहिरोको पूर्वचेतावनी प्राप्तभई सुरक्षित रहन तथा जनधनको क्षति हुनबाट बच्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

पूर्व चेतावनी प्रणालीसम्बन्धी यस समझदारीपत्रमा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरे ।

समझदारीअनुसार एनसेलले अबदेखि बाढी र पहिराको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोसी, बागमती, कर्णाली, बबई, कमलालगायतका नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई एसएमएसमार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउनेछ ।

नदीमा पानीको सहतको स्थितिअनुसार जल तथा मौसम विज्ञान विभागले भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई दिनेछ र त्यहीअनुरूप कम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरूलाई सर्टकोड ११५५ बाट एसएमएस पठाउनेछ ।


Facebook Comment


No ads found for this position