भिलेज हाईल्याण्ड रिर्सोट दशैका दिनदेखि संचालनमा आउने

काठमाडौं । ऐतिहासिक मात्र नभएर मनोरम स्थानका रुपमा प्रख्यात रहेको भक्तपुरको रानीकोटमा सुविधा सम्पन्न भिलेज हाईल्याण्ड रिर्सोट दशैका दिनदेखि संचालनमा आउने भएको छ । सूर्य्विनायक नगरपालिकाको सबैभन्दा उच्च स्थानमा मानिने (१९५० मिटर) रानीकोटमा भिलेज हाईल्याण्ड रिर्सोट संचालमा आउन लागेको हो । ५ रोपनी क्षेत्रफल भएको भिलेज हाइल्याण्ड जग्गाको मुल्य छोडेर २५ करोड रुपैयाँको लागतमा रिर्सोट बनकगर्न लागिएको होटल सञ्चालक समितिका अध्यक्ष रामसुन्दर बकेले बताए ।
रिासोूटमा हाल तीन वटा भवनरहेका छन् । सूर्य्विनायकको चोकदेखि ७ किलोमिटर दूरीमा रहेको भिलेज हाइल्याण्डमा रिर्सोट तत्काल २१ वटा रुमहरु दशैको दिन देखि संचालनमा आउने बताए । अध्यक्ष बके भन्छन् होटलका सबै रुमहरु डिलक्स हुने छन् । होटलमा ३ वटा हलहरु छन, जस्मा ३० जना, ७० जना र १५० जना मानीस अटाउन सक्ने क्षमता रहको छ ।

भविष्यमा हामीले होटलका केही रुमहरुभित्र नै बार, स्वीमिङपुल र किचेन समेत हुने गरी निमार्ण गर्ने सोच बनाएका छौ । यदी कोही मानीस होटलमा आएर सुविधासम्पन्न खोजेमा सो पनी उपलब्ध होस भन्ने हेतुले होटलका केही रुमको यस्तो खालको डिजाईन गरेका हो ।’
अरनिको राजमार्ग अन्तरगत सूर्य्विनायक चोकदेखि ५ किलोमिटर पिच रहको छ भने २ किलोमिटर सडक अफरोड छ ।होटल परिसरबाट नै १८० डिग्रीमा हिमालहरु आँखै अगाडि देख्न सकिन्छ । होटलबाट दोर्जे लाक्पा, लाडटाङ, मनास्लु, पुवरी, गौरीशंकर लगायतका हिमालहरु देख्न सकिन्छ । होटलबाट नै काठमाडौं उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला होटका रुमहरुबाट नै देख्न सकिन्छ ।
ललितपुरको लाँकुरीभञ्ज्याड, काभ्रेको पनौति, कुसादेवीदेखि समेत रानीकोट हाईकिङ रुट चलनचल्तीमा प्रख्यात छ । यस्तै ऐतिहासिक रुपले मानिने रानीकोट, धार्मिक हिसाबले प्रख्यात बाघभैरव समेत यो क्षेत्रमा छ । होटल वरिपरी घना जंगल भएका कारण जगली जनावरको समेत अवलोकन गर्न सकिन्छ ।

भिलेज हाइल्याण्ड रिर्साेट बाद देखिएकाे काठमाण्डाै उपत्यका र हिमश्रृखलाका दृश्य ।

 

 


Facebook Comment


No ads found for this position