‘भूरा माछा’ प्रकरणमा अर्थमन्त्री महराको अन्तर्वार्ता ‘सफेद झुठ’ भिडीयो सहित

 

 

के हो यो सुन तस्करीको रहस्य ? तपाईंको अर्थ मन्त्रालय मातहतको भन्सार त चौपट भयो नि विमानस्थलमा ?

रहस्य अब छिट्टै बाहिर आउनेछ । तस्करीको जालो सरकारको कब्जामा परिसकेकाले यो घटना रहस्यमै रहन पाउनेछैन । सबैलाई जानकारी हुने गरी सार्वजनिक गरिनेछ ।

अर्थ मन्त्रालय मातहतको विमानस्थल भन्सारका कर्मचारीहरू संलग्न देखिए नि तस्करीमा ?

हो, निश्चय पनि विमानस्थल भन्सारमा कार्यरत कर्मचारीहरूको कमजोरी देखिएको छ । मैले भन्सार विभागका महानिर्देशकलाई भेटेरै विमानस्थलका कर्मचारीहरू पूर्ण रूपमा फेरबदल गर्न निर्देशन गरेको छु । त्यहाँ कार्यरत कर्मचारीहरूले जिम्मेवारी निर्वाह नगरेकै कारणबाट यस्तो घटना भएको हो भन्ने कुरामा म स्पष्ट छु । भन्सारका कर्मचारीहरूको पनि मिलोमतो भएको देखिएको कुरा छानबिन समिति र सीआईबीबाट जानकारी प्राप्त भएको छ । छानबिन चलिरहेको छ, मैले आफ्नो तर्पmबाट सक्दो प्रयास गरिरहेको छु, तस्करीको जालोलाई ध्वस्त नगरी छोडिनेछैन ।

तपाईंले पोखरामा आफू पनि तस्करीमा संलग्न भएको स्वीकार गर्नुभयो रे ?

यस्तो वाहियात कुरा पनि कसरी हुनसक्छ रु मैले म पनि तस्करीमा संलग्न छु भनेर कतै भनेको प्रमाण तपाईं दिन सक्नुहुन्छ रु पोखरामा मैले त्यस्तो बोलेको भए त्यसको रेकर्ड त होला नि कसैसँग रु मिडियामा अत्यन्त गैरजिम्मेवारीपन देखिएको छ । यस्तो सस्तो पर्चाकारिता र गैरजिम्मेवार पत्रकारिता देशको निम्ति दुर्भाग्यपूर्ण हो । पत्रकार मित्रहरूलाई जिम्मेवार ढंगले प्रस्तुत हुन म आग्रह गर्दछु तपाईंको पत्रिकामार्फत् ।

तपाईंले पोखरामा आफू सुन तस्करीको भूरा माछा मात्र भएको भन्नुभयो रे ?

विमानस्थलमा कार्यरत भन्सार र सुरक्षा निकायका कर्मचारी त भूरा माछा मात्र हुन् । भूरा माछालाई मात्र समातेका छौं, ठूला माछा त अझै कता छन् कता भनेर मैले बोलेको हो पोखरामा । भन्सारका कर्मचारीहरू त भूरा माछा मात्र हुन् भनेर बोलेको कुरालाई मिडियामा गलत ढंगले प्रचार गरिएको छ । यस्तो गलत प्रचारमा जिम्मेवार पत्रकार कसरी र किन प्रस्तुत भइरहेका छन् रु मलाई आश्चर्य लागेको छ ।

दश वर्षसम्म तपाईंहरूले सशस्त्र युद्ध गर्नुभयो । यस्तै खालका विकृतिहरूका विरुद्ध तपार्इंहरूले हतियार पनि उठाउनुभयो, तर अहिले तपाईंहरू नै सत्तामा रहेका बेला विकृति त बढेर गयो नि रु कस्तो लाग्छ तपाई्रलाई ?

हो, तपार्इंले सान्दर्भिक प्रश्न उठाउनुभयो । हामी नेकपा माओवादीले देशमा आमूल परिवर्तनका लागि सशस्त्र युद्ध ग¥यौं । दश वर्षसम्म युद्धको अनुभव गरियो । त्यसपछि शान्तिप्रक्रियामा हामी रूपान्तरित भएर पटक–पटक सरकारमा पनि पुगेका छौं । तर पनि देशमा व्याप्त विकृति र विसंगतिहरूलाई ठेगान लगाउन सकिएको छैन । बरु विकृति र विसंगतिले नै हामीलाई दुष्प्रभावित पार्न खोजिरहेको त हैन भन्ने आशंका बढाएको छ । यो स्थितिले हामीलाई वास्तवमै गम्भीर बनाएको छ । सरकारमा रहेर पनि केही गर्न सकिएनजस्तो अनुभूति हुन्छ कहिलेकाहीं ।

यस्तो किन नि रु किन केही गर्न नसक्नु भएको हो त ?

गर्नै नचाहेर होइन । राम्रो गर्न खोज्दा पनि सम्भव नहुने रहेछ । पुरानो संरचनामा निर्भर भएर काम गर्नु परिरहेकाले पनि यस्तो भएको हो जस्तो लाग्छ मलाई ।

पुरानो संरचना भत्काउनलाई त युद्ध जितेरै आउनुपथ्र्यो नि हैन र ?

अवश्य हो । पुरानो संरचनालाई पनि नीतिनियमहरूमा परिवर्तन गरेर नयाँ ढंगले परिचालन गर्न सकिएला भन्न लाग्छ मलाई । तर अहिलेसम्म पुरानै संरचना र पुरानै नीतिनियम भएकाले यस्तो अस्तव्यस्त भएको हो कि रु

नीति नियम त तपाईंहरू सरकारमा रहेकाहरूले नै तयार गर्ने हैन र ?

हो, हामीले त्यो कसरत पनि गरिरहेका छौं । मैले भन्सार विभागका निर्देशकलाई यस विषयमा पनि निर्देशन गरेको छु । गल्ती गर्नेलाई कडा विभागीय कारबाहीको नीति अख्तियार गर्न मैले भनेको छु । निर्देशन कार्यान्वयनमा आयो भने अब निश्चय पनि केही रूपमा सुधार आउला भन्ने लागेको छ मलाई ।

सुन तस्करी र डलर तस्करीका पटक–पटकका घटनाले नेपाललाई अन्तर्राष्ट्रिय तस्करीको ट्रान्जिट प्वाइन्ट बनाउन खोजिएको जस्तो लाग्छ कि लाग्दैन तपाईंलाई ?

यो गम्भीरतातर्पm हाम्रो ध्यानाकर्षण भएको छ ।

कसरी नियन्त्रण गर्न सक्नुहुन्छ ?

हाम्रो देशको भौगोलिक अवस्था र राजनीतिक अस्थिरताका कारणले गर्दा अन्तर्राष्ट्रिय गिरोहहरू सक्रिय हुन खोजिरहेको अनुभव सरकारले गरेको छ । यो गतिविधिलाई नियन्त्रण गर्न विशेष योजना पनि बनाइएको छ । हेर्दै जाऔं, प्रभाव कस्तो पर्छ ?रातोपाटि


Facebook Comment


No ads found for this position