मधेसी सांसद संसद भवन आए भन्दैमा खुशीयाली नमानाऔं : फोरम अध्यक्ष यादव

काठमाडौँ, ९ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाका सांसद संसद भवनमा आए भन्दैमा संविधान स्विकार गरेको भ्रम नपाल्न सरकार पक्षलाई आग्रह गरेका छन् ।

upendra yadhavप्रधानमन्त्री विरुद्ध पेशभएको अविश्वास प्रस्ताव माथि जारी छलफलमा उनले शुक्रबार सुवास नेम्वाङले मधेसी नेता संसद आएर संविधान स्विकार गरेको भन्ने भनाइप्रति लक्षित गरेका थिए । उनले संसदमा बोल्दै भने, ‘यो संविधान नसुधारिकन हामीलाई स्विकार्य हुँदैन । संसदमा आयो भन्दैमा संविधान मान्यो भनेर खुशीयाली नमनाए हुन्छ ।’

यसैगरी यादवले मधेसी जनताले आफ्ना माग सरकारलाई सुनाउन नेपाल भारतको सीमा १० गजामा आन्दोलन गरेको बताए । उनले नाकाबन्दी सरकारले खोलेको नभइ मधेसी जनताले नै खुल्ला गरेको बताए । उनले भने, ‘हामीले आन्दोलन गर्दा सरकार पक्ष आफैंले विखण्डनकारी र साम्प्रादायिक दंगा फैलायो । त्यसलाई निस्तेज पार्न सीमा नाकाको आन्दोलनलाई काठमाडौं केन्दित बनाएका हौं ।’

उनले प्रधानमन्त्रीले सरकारको जहाज डुबाउन लागेको भन्दै हिँडेको तर्फ इंगित गर्दै  प्रधानमन्त्रीकै पार्टीका नेता तथा सहयात्रीले नै जहाज डुबाउन लागेको बताए । उनले मुसाको प्रसंग उप्काउँदै भने, ‘एउटा मुसाले जहाज प्वाल पार्छ । प्वाल पारेपछि अर्को जहाजमा हामफाल्छ । चुहा (मुसा) भनेको यस्तै हुन्छ । अब बन्ने सरकार पनि चुहाबाट सतर्क हुनुपर्छ ।’

यादवले अब बन्ने सरकारले पनि केही उपलब्धि हासिन गर्न नसक्ने बताउँदै भने, ‘अब बन्ने सरकारमा पनि चुहा छ । उक्त चुहा आफू अनुकुल हुनेवित्तिकै अर्कोमा सरिहाल्छ । सतर्क रहनुस् ।’


Facebook Comment


No ads found for this position