मुस्कुराउन थाल्यो लाङटाङ(फोटो फिचर)

घुमफिर,दुई बर्षअघि गएको बिनासकारी भूकम्पले थलिएको रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ बिस्तारै तंग्रिदै छ  । भूकम्पपछि विस्थापित लाङटाङवासी आफ्नो थातथलोमा फर्किएका छन् । भुकम्पले ध्वस्त बनाएको गाउाबस्तीहरु आफ्नै निजी लगानीमा पुर्ननिर्माण गरेका छन् । गाउालेमा मानिसहरुको चहलपहल बढेपछि फेरी लाङटाङ मुस्कुराउन थालेको हो ।भूकम्प अगाडि जस्तै लाङटाङ फेरि विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्वागत गर्न तयार छ ।स्थानीय बासिन्दाको फर्केसंगै पर्यटकहरुको पनि आगमन बढ्न थालेको छ । भुकम्पले सुन्य बनाएको पर्यटकीय क्षेत्रमा पर्यटकका लागि चाहिने पुर्वाधारहरुको विकास पदमार्ग सुधार र होटलहरुको पुर्ननिर्माण पनि भइरहको स्थानीय सुब्बा तामाङ बताउाछन् ।
२०७२ साल बैशाख १२ गतेको बिनासकारी भूकम्प र भूकम्प सागै गएको हिमपहिरोको कारण पुरानो लाङटाङ गाउा नरहेपनि लाङटाङ हिमालको शिर झुकेको छैन् । भूकम्प अगाडि जस्तै चम्केको छ । लाङटाङ क्षेत्र नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । लाङटाङ क्षेत्रको पुर्ननिर्माणमा सरकार उदासिन भएको भन्दै पीडित स्थानीयले आफै पुर्ननिर्माणमा जुटेका हुन् । अहिले लाङटाङको बस्तीमा केही खुसी छाएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र उपभोक्ता समिति लगायतले गोरेटो बाटो बनाएपछि अहिले लाङटाङ जान सहज भएको छ । काठमान्डौंबाट ६ दिनको यात्रामा लाङटाङ घुमेर र्फकन सकिन्छ । भुकम्प पछि लाङटाङ क्षेत्रमा पर्यटकको लागि चाहिने पुर्वाधारहरु पदमार्ग सुधार र होटलहरुको पुर्ननिर्माण भएकोले ढुक्क भएर लाङटाङ क्षेत्र घुम्न होटल व्यावसायी ढिण्डुप तामाङ सबैलाई आग्रह गर्दछन् ।


Facebook Comment


No ads found for this position