यसरी बनाइँदैछ नारायणगढ–मुग्लिन सडक [फोटो फिचर]

विमल खतिवडा

नारायणगढ-मुग्लिन सडक खण्डको निर्माण कार्य जारी छ । जहाँ अहिले पहाड कटिङको काम भइरहेको छ । विहान साढे १० देखि दिउँसो ३ बजेसम्म सवारी अवागमन रोकेर सडक निर्माण गरिरहेको छ । अत्यावश्यकीय सवारी साधन एम्बुलेन्स, मात्र जान दिने गरिन्छ । निर्माणले गर्दा कतै धुलो त कतै पानी हालेको दृश्य देख्न पाइन्छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खानलका अनुसार अहिले सडकमा पर्ने पहाड कटिङ, सडकको ग्रेड मिलाउने कार्य जारी छ । उनका अनुसार सडक निर्माणको काम अहिलेसम्म ३५ प्रतिशत भएको छ । ‘अब चाँडै पिच गर्न सुरु हुन्छ’ उनले भने ।

आयोजनाले ट्राफिक प्रहरीसँग समन्वय गरेर मुग्लिनतर्फ जाने साना र यात्रु बसलाई कविलासको दासढुंगामा रोक्ने गरेको छ । त्यस्तै ट्रकलाई रामनगरमा रोक्ने गरिएको छ । मुग्लिन हुँदै नारायणगढ जाने ट्रकलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने गरिएको छ । साना र यात्रु बसलाई भने मुग्लिन बजारमा रोक्ने गरिएको आयोजनाले जनाएको छ । जसले गर्दा यी ठाउँमा सवारी साधनको ताँती लाग्छ । सडक खुल्न साथ सबै सवारी एकैचोटी जाने भएकाले सडकमा केही समय जाम हुन्छ ।

सन् २०१७ अगस्टमा सक्नु पर्ने लक्ष्य छ । सन् २०१५ अप्रिलबाट नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतीको काम सुरु भएको हो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ–मुग्लिन सडक आयोजना हो । सडक निर्माणको जिम्मा ३ वटा कम्पनीले लिएका छन् ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position