यसरी मनाईयो उपल्लो मुस्ताङमा यार्थुङ

ईन्द्रधारा बिष्ट
घोडाहरुको लाईन । सबैभन्दा अगाढी दुई घोडा सिगार पटार गरेर चटक्क पारेका । तर ति दुबै घोडा खाली । मात्र राजा रानीको तस्बिर । राजा रानीको अनिवार्य रुपमा उपस्थिती हुनु पर्ने भएतापनी राजा रानीको स्वास्थ्य खराब भएकाले राजा जिग्मे प्रवल बिष्ट र रानी सितोल प्रवल बिष्टको तस्बिरलाई प्रतिक मानेर मुस्ताडको दोस्रो ठुलो पर्व याथुङ भब्य रुपमा सकिएको छ ।
पर्यटकीय हिसावले ख्याती कमाएको माथिल्लो मुस्ताडको दोस्रो ठुलो पर्व याथुङ ३ दिन सम्म मनाईने गरीन्छ । यो पर्वमा पहिलो दिन पुरुषहरुको, दोस्रो दिन महिलाहरुको र तेस्रो लामाहरुले मनाउने गर्दछन् । पहिलो दिन पुरुषहरु लोमाथाडबाट घोडा चडेर नजीककै चौरमा गई भोज भतेर गर्ने गर्दछन । भोज भतेर गर्नुका साथै सबै मिलेर नाच गान गर्ने गर्दछन भने साझ घोडा दौड प्रतियोगिता समेत गर्ने गर्दछन् । यो पर्वको प्रमुख आकषण भनेकै घोडा दौड हो । यो घोडा दौड हेर्नका लागी सयौको सख्यामा स्वदेश विदेशबाट पर्यटकहरुका माथिल्लो मुस्ताड पुग्दछन ।

Yartung
पर्वको दोस्रो दिन महिला दिदी बहिनीहरुले मनाउने गर्दछन् । पुरुषहरुले मनाए जस्तै यो दिन महिलाहरुको लागी छुटाईएको हुन्छ भने पर्वको तेस्रो दिन लामाहरुको रहेको हुन्छ । यो दिन बिशेष गरी लामाहरुले पुजा अर्चना गर्ने गर्दछन् । लोमाथाङ बासीमा केही अनिष्ट नहोस अन्नबाली राम्रो हुनुका साथै देशमा शान्ति आओस भन्नुनै लामाहरुको पुजाको प्रमुख लक्ष्य रहेको हुन्छ ।
पर्वको समय ठिक्क बर्षात सकिएपछी गर्ने चलन रहेको छ । यो समयमा केही खेतीबालीको काम सकिए पछी रमाईलो गर्नुका साथै टाढा टाढा भएका आफन्तहरुलाई भेटघाट गर्ने पर्वको रुपमा पनी लिने गरीन्छ । अहिले पोखरा देखी माथिल्लो मुस्ताङ बसमा दुई दिनमा पुग्न सकिने भएपछी आन्तरीक पर्यटकहरुको पनी उल्लेखनिय रुपमा आउने गरेका छन् । पोखरा देखी पहिलो दिन जोमसोम पुगिन्छ भने जोमसोम देखी ८ घण्टाको बसको यात्रा पश्चात पुग्न सकिन्छ माथिल्लो मुस्ताङ अर्थात लोमाङथाङ ।

yarthung b mustang mustang Yartung_ 0002 Yartung_ 0004 Yartung_ 0012 Yartung_ 0013 Yartung_ 0014 Yartung_ 0015 Yartung_ 0018


Facebook Comment


No ads found for this position