यी देशका रुपैयाले बनाए विश्‍व रेकर्ड (फोटो फिचर)

एजेन्सी: संसारमा धेरै कुराहरु विश्‍वमा रेकर्डमा बनाइसकेका छन्। ती मध्‍ये केही अचम्मका रेकर्ड नोटले पनि बनाएको छ। ती मध्‍ये कुन कुन देशको नोटले विश्‍व रेकर्ड बनाएको छ त ?

जिम्बाबेको नोटमा १४ वटा जीरो
अहिले जिम्बाबे महँगीको मारमा छ। त्यही नोटकै कारण जिम्मबाबेले अनौठो प्रकारको रेकर्ड कायम गरेको छ। उसले सन् २००९ मा एउटा नोट निकाल्‍यो जसमा १ माथि १४ वटा शून्य राखिएका छन्। यसलाई एक अर्ब ट्रिलियन अर्थात एक अर्ब अमेरिकी डलर बराबर मानिन्छ।

सबैभन्दा महँगो नोट
यस्तै संसारकै सबैभन्दा महँगो नोट सिंगापुरको नाम अगाडी आउँछ। किनकी उसले सन् १९७३ मा जारी गरेको १ हजार डलरको नोट थियो। यो नोटको मूल्‍य करीब ४ करोड ५० लाख बराबर थियो। पछि भ्रष्टाचारमा धेरै फस्न थालेपछि सिंगापुर सरकारले यसलाई बन्द गरिदिए।

सबैभन्दा सानो आकारको नोट
पूर्वी युरोपको देश रोमानियाको रोमानियाई लियु नोट सबैभन्दा सानोमा पर्दछ। किनकी १० लियु बराबरको एक नोट २७.३८ मिलिमिटरको आकारमा रहेको छ। युद्धको समयमा कच्चा पदार्थको कमीले गर्दा नोटलाई आकारमा सानो आकारको बनाइएको थियो।

सय माथिको नोटमा रोक
चीनमा भ्रष्टाचार तथा हमलामाथि आक्रमण गर्न सय माथिको युआन छाप्नमा रवक लगाएको छ। तर यसले चीनमा जनताहरुले धेरै समस्या भोगीरहेका छन्। कुनै सपिङ गर्नु पर्यो भने ब्‍यागभरी पैसा बोकेर लैजानुपर्छ।

सबैभन्दा हाइटेक नोट
युरो जोनको साँझा नोट संसारकै सबैभन्दा हाइटेक नोट मानिएको छ। किनकी युरोको ५० को नोटलाई कपी गर्न सकिँदैन। किनकी यसलाई वासिङ मेसिनमा पनि ९० डिग्रीमा तताए पनि केही फरक पर्दैन। यसलाई एकदमै ठूलो रसायनबाट बनाइएको छ। त्‍यही कारण ५० युरोको नोट सबैभन्दा बढी प्रचलनमा छ।

आभासी मुद्रा (बिटकोइन)
बिटकोइन एउटा आभासी मुद्रो हो। यो एक प्रकारको इन्टरनेटमा प्रयोग हुने मुद्रामा बढी प्रचलित रहेको छ। यसलाई सातोषी नाकामोतीले सन् २००८ मा सार्वजनिक गर्नुभएको थियो। समयसँगै यसले विश्‍व बजार लिन थालेपछि यसमा थप सुधार ल्‍याएको छ।


Facebook Comment


No ads found for this position