यी हुन् कर्णाली प्रदेशमा पर्यटन विकासका लागि चाल्नु पर्ने कदमहरु

राजु कार्कि,पर्यटन ब्यबसायी

कर्णाली प्रदेश सरकारले याे बर्षलार्इ “रारा कर्णाली पर्यटन बर्ष २०७५” मनाउने भनेर कर्णालीकाे प्रमुख पर्यटकीय स्थल रारा बाट  घाेषणा गरीसकेकाे छ । मैले अाफुले पाएकाे र भाेगेकाे अनुभव अनुसार कर्णाली प्रदेशमा पर्यटन विकासका लागि चाल्नु पर्ने कदमहरु यी हुन् जस्ताे लाग्दछ 

कर्णालीप्रदेशका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्ने प्रयासहरूमा स्थानीय निकायहरू र स्थानीय पर्यटन उपभोक्ता समूहहरूलाई क्रियाशील र सहभागी बनाउन आवश्यक देखिन्छ ।

सरकारका तर्फबाट कर्णालीमा १ घर १ कोसेली भन्ने नाराका साथ ग्रामीण क्षेत्रमा रहेका सिप क्षमताको प्रवद्धन गर्न जरुरी देखिन्छ ।

.कणालीका १० वटै जिल्लामा प्राकृतिक, साँस्कृतिक सम्पदा तथा पर्यटकीय क्षेत्रको विस्तृत अध्ययन गरी तिनको संरक्षण तथा संवद्र्धनका अतिरिक्त प्रचार प्रसारको जरुरी देखिन्छ ।

.जुम्ला विमानस्थलमा संचार तथा उड्डयन सहायक उपकरण जडान, एयरफिल्ड लाईटिङ्ग उपकरण जडान गरी रात्री उडान सेवा सचालनका लागि उपर्युक्त बनाइनु आवश्यक छ भने मुगु जिल्ला र डोल्पामा बैकल्पिक एयरपोर्ट बनाइनु पर्छ । साथै कर्णाली प्रदेशमा नेपालगंञ्ज, सुर्खेतबाट मात्र हवाई उडान संचालन हुदै आएकोमा काठमाडौ र पोखराबाट अतिरिक्त उडान भर्न जरुरी देखिन्छ ।

.पहिलो चरणमा कर्णालीका पर्यटन बजारका सम्भाव्य मुलुकहरू भारत र चीनलाई केन्द्रित गर्नुका साथै अन्य क्षेत्रीय मलुकहरू जापान, सिङ्गापुर, मलेसिया, थाइल्यान्ड, बङ्गलादेश आदिमा पर्यटन प्रवद्र्धनसम्बन्धी कर्णालीका गतिविधिको प्रचारप्रसार गर्नु आवश्यक देखिन्छ । त्यसपछि विश्वका अन्य मुलुकसँग पनि यो क्रमलाई जोड्नुपर्ने देखिन्छ ।

.कर्णालीमा पर्यटन केन्द्रहरू निर्धारण गरी एकीकृत कार्यक्रमहरू गर्न कर्णाली पर्यटन विकास प्राधिकरण नेपाल सरकारका तर्फबाट तुरुन्त गठन हुनु आवश्यक पर्दछ ।

.यस समिति स्थापना मुलतः दुई उद्देश्य परिपुर्तिका लागि हुनु पर्छः (क) पवित्र तपोभूमि हिमालयको काखमा अवस्थित प्रकृतिको वरदानले विभूषित अति पूण्य भूमि कर्णाली आमाको सौन्दर्य र सुवास राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा फैलाउनु र (ख) समितिबाट प्राप्त हुने आयस्रोतबाट अभाव र पीडामा पिल्सी रहेका मूलतः कर्णालीका ग्रामीण जनताको जीवनस्तर उठाई गरिबी निवारणमा केही योगदान पु¥याउनु । यसरी एउटा बहुउद्देश्यीय दीर्धकालिन सोच र योजना लिएर यसको यसको स्थापना हुनु जरुरी छ । नेपालको अर्थतन्त्रमा पर्यटन उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले मौजुदा कर्णालीको सम्पदा–सौन्दर्य, कला र संस्कृतिको सकेसम्म बढी समन्वयात्मक प्रस्तुति सहित पर्यटकहरुलाई गुणात्मक सेवा एवं सुविधा उपलव्ध गराउदै कर्णाली बसाई लम्ब्याउन ती विकट गाउँ तर्फ सम्म आकर्षण गराउनु यसको उद्देश्य हुनु पर्दछ ।

.कर्णालीका पर्यटकीय तथा साँस्कृतिक सम्पदाबारे प्रचार गर्न अन्तर्राष्ट्रियस्तरका बैठक, आप्रवासिहरुका सम्मेलन कर्णालीमा नै गरिनुका साथै पर्यटन उद्योगको विविधिकरणका लागि स्थानीय स्तरमा चेतनामूलक कार्यक्रमसमेत सञ्चालनको आयोजन हुनु पर्दछ । यही अवसर पारेर सरकारका तर्फबाट कर्णालीमा १ घर १ कोसेली भन्ने नाराका साथ ग्रामीण क्षेत्रमा रहेका सिप क्षमताको प्रवद्धन गर्न जरुरी देखिन्छ ।

.जुम्लाको सिंजा, डोल्पाको साल्दाङ्ग र मुगुको करान भोट जस्ता ठाउँमा रहेको महत्वपूर्ण पुरातात्विक सम्पदा र सँस्कृतिकोे संरक्षण तथा त्यस क्षेत्रमा न्यूनतम् पूर्वाधारको विकास गरेर ती ठाउँहरुलाई खुल्ला संग्रालयको रुपमा सरकारले घोषण गरी टिकट काउन्टरको व्यवस्था । जसको प्रवद्धनल र प्रचार प्रसारले पर्यटकहरुका लागि यी क्षेत्र आकर्षणको केन्द्रविन्दूमा रहन सक्छन् ।

.पर्यटकीय आर्कषणका स्थलहरुमा बढि भन्दा बढि पर्यटक भित्रयाउन यस भू–भागमा न्यूनतम आवस्यक पूर्बाधार हुनु अत्यन्त जरुरी हुन्छ । यस सन्दर्भमा पर्यटन विकासको निमित्त आवश्यक पूर्वाधारको कसले व्यवस्था गर्ने भत्रे सवाल प्रमुख छ । त्यसका लागि नेपाल सरकारले कर्णालीको पर्यटन विकासको क्षेत्रमा लगानी गर्ने व्यक्ति वा कम्पनीलाई १० देखि १५ वर्ष सम्म कर पूर्णरुपमा छुट वा लगानी कत्र्तालाई निव्याजी आर्थिक अनुदान दिएर लगानीकर्तालाई आकर्षण गर्न सकिन्छ भने अर्कोतिर सरकारले आफ्नो संयन्त्र तारा गाउँ विकास समिति मार्फत पनि अति सम्भाव्य कर्णालीको कुनैपनि क्षेत्रमा राम्रा खालका होटल तथा लजको स्थापना गर्न सक्छ ।

.नेपाल सरकार र कर्णालीका जनप्रतिनिधिहरूले सम्बन्धित निकायलाई संयुक्त रूपमा आवश्यक पूर्वाधारको विकासका लागि घच्घच्याउन सक्छन् भने कणालीवासीले आफ्नो वरिपरिको वनजङ्गल, धार्मिक तथा साँस्कृतिक महत्वका स्थान, पुरातन वास्तुकला, मौलिक संस्कृति आदिको संरक्षण गरेर आफ्नो क्षेत्रको विकासका लागि सहयोग गर्न सक्छन् ।

दीघकालिन सोच
कर्णालीमा विद्यमान प्राकृतिक सम्पदा, मूर्त एवं अमूर्त, बौद्धिक तथा साँस्कृतिक सम्पदाको संरक्षण सम्वद्र्धनका साथै यस क्षेत्रमा सहज हवाई तथा स्थलमार्गको विकास गदै कर्णालीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा स्थापित गरी पर्यटनक्षेत्रबाट आर्थिक वृद्धि, गाउँमा रोजगारीको श्रृजना र ग्रामीण गरिबी निवारणमा उःल्लेख्य योगदान पुग्ने गरी यस क्षेत्रलाई क्षेत्रीय अर्थतन्त्रको महत्वपूृर्ण संयन्त्रका रुपमा विकास गरिनेछ ।
पर्यटकीय धार्मिक सम्पदा संरक्षण अन्नर्गत ।

1    खस तथा जनजातीको संग्रालयको निमार्ण
2   कर्णाली क्षेत्रका साना ठूला हिमालहरुको टोपोग्रापी नक्सा तयार पार्ने
3   होटल ट्राभल, टेकिङ्ग, ¥याफ्टीङ्गको लागि सम्भावित क्षेत्रको पहिचान गरि ती ठाउँमा तत्अनुसार व्यवस्था गर्ने
4  कर्णालीको पर्यटन तथा पर्वतीय पर्यटन सम्बन्धि वेभसाइट तयार पार्ने
5  पर्यटन व्यवसायीसँग अन्तक्रिया ।
6  पर्यटकीय गतिविधिहरुको विकास एवं विस्तार
7  होटल तथा पर्यटन सम्वन्धि विशेष तालिम
8  प्रोस्पेक्टस तथा व्रोसियर छपाई
9  कर्णालीको एकीकृत डकुमेन्ट्री
10  कर्णालीमा रहेका साँस्कृति सम्पदाको एकीकृत विवरण संकलन गर्ने ।
11  विश्वका कुनै पनि मुलुकसँग साँस्कृति सम्झौता सस्कृतिको आदाप्रदान गर्ने कार्यक्रम
12  सस्किृतिक सम्पदाको अध्ययन र अनुसन्धान गर्ने ।
13  जुम्लाको ठाकुर जी मन्दीरको पुननिमार्ण सदरमुकाम देखि मन्दीर सम्म घोरेटे बाटोको निमार्ण तथा संरक्षण । मुगु खत्याड तथा अन्य क्षेत्रमा        रहेका स्थानीय देव िदेवता लगत संकलन तथा सबै मठमन्दिरलाई जोड्न बाटोको निमार्ण ।
14  जुम्लाको सिजा, मुगुको मुगु भोट तथा डोल्पाको साल्दाङ्ग क्षेत्रको संरक्षण ।
15  कर्णाली अञ्चलको सबै जिल्लाहरुको विस्तृत पर्यटन विकास योजना तयार गर्ने ।
16  कर्णाली क्षेत्रको रारा, सिजा, सिमीकोट मानसरोवर, से फोक्सुन्डो साल्दाङ्ग मान्म रास्कोट पातलछहरा र मुगुको मुगु भोटको साना                        पर्यटकीय पूर्वाधारको निमार्ण ।
17  रारा छायाँनाथ रारा चुच्चेमार रारा मालिका हिमाल सम्म पूर्वाधार विकास
18   खस तथा स्थानीय जातजातीको कलात्मक ऐतिहासिक सामाग्री तयार गर्ने ।
19  सिजा क्षेत्रको उत्खनन तथा संरक्षण
20  डोल्पा, मुगु र हुम्ला जिल्लाको गम्बा संरक्षण गर्ने
21  मुगुको बचन बोल्ने गुम्बाको योजना र कालिकोटको पातल छहराको अध्ययन प्रतिवेदन तयार गर्ने ।
22  कालिकोटको रास्कोट, मुगुको रारा महादेव मन्दिर र जुम्लाको सिजा क्षेत्र स्थित पुरातात्विक स्थलहरुको सर्भेक्षण तथा अनुसन्धान गर्ने ।
23  रारा तथा सेफोक्सुण्डो वरिपरि वाटोको निमार्ण
24  कर्णालीको सबै एयरपार्टको स्तर उन्नति तथा सुदृढीकरण
25  डोल्पामा रहेका भिमसेन गुफा तथा अन्य जिल्लमा रहेका गुफाको अध्ययन प्रतिवेदन तयार गर्ने ।
26  प्रत्येक जिल्लाको पर्यटीक आकर्षण रहेका क्षेत्रकामा न्यूनतम सुविधा सम्पन्न पाहुना घरको निमार्ण ।
27  जुम्लालाई क्षेत्रीय विमानस्थलको विस्तार तथा निमार्णको प्रारम्भिक कार्य गर्ने ।
28  कर्णाली पर्यटकीय एकीकृत विकास कार्यक्रम संचालनार्थ
29  कर्णालीको पर्यटकीय तथा धार्मिक परिसरमा धाराको संरक्षण गर्ने ,
30  सबै जिल्लाको एयरपोर्टहरुमा पर्यटन सेवा केन्द्रको निमाण इन्टनेटको व्यवस्था ।
31  जुम्लाको सिजा राज्यको प्राविधि अध्ययन प्रतिबेदन तयारी
32  डोल्पाको त्रिपुरासुन्दरी मन्दीर संरक्षण तथा पर्खालको पुननिमार्ण ।
33  हुम्ला जिल्लाका केही गाउँमा रहेका बहुपति पथाको बारे अध्ययन


Facebook Comment


No ads found for this position