यी हुन् घुम्नैपर्ने संसारका १० सहर, पाँचौँ नम्बरमा काठमाडौं

यसकारण काठमाडौं  घुम्नैपर्ने सहर

सन् २०१९ मा घुम्नैपर्ने संसारका १० सहरको पाँचौँ नम्बरमा काठमाडौं छ । यो एक पुरानो सहर, जहाँका गल्लीगल्लीमा अब झलमल बिजुली र वाइफाईको सहज सुविधा उपलब्ध भइसकेको छ । यस्ता कुरा यात्रुका लागि बोनस सुविधा हुन्, किनकि ऐतिहासिक तथा पुरातात्विक सम्पदाका माध्यमबाट काठमाडौं संसारभर लोकप्रिय सहर हो ।

भूकम्पले यहाँका महत्वपूर्ण सम्पदा ढले । तर, अहिले पुनर्निर्माणको कामले गति लिइरहँदा ढलेका संरचना क्रमशः उठ्ने क्रममा छन् । यससँगै काठमाडौं जुर्मुराउन खोजिरहेको छ । अस्तव्यस्त ट्राफिक व्यवस्थापन, वायु र ध्वनि प्रदूषण नियन्त्रणमा प्रयास भइरहेको छ, जसले यो सहरलाई अझ जीवन्त बनाउन सहयोग पुग्नेछ । नेवारी तथा नेपाली खाना एवं यस सहरआसपासको प्राकृतिक सुन्दरका कारण पनि काठमाडौंले यात्रुलाई सधैँ आकर्षित गर्छ ।

थाइल्यान्ड
नेपालीको अर्को आकर्षणको केन्द्र हो थाइल्यान्ड । ‘मुस्कानको भूमि’ भनेर परिचित छ, थाइल्यान्ड । त्यसैले पनि यो एसियाकै लोभलाग्दो पर्यटकीय गन्तव्य हो । अनि संसारका उत्कृष्ट समुद्री तट र आइल्यान्ड मनमोहक छन् ।

बौद्ध धर्मावलम्बीको बाहुल्य छ । प्रशस्त गुम्बा र ठूला–ठूला बुद्धका मूर्ति देख्दा लाग्छ, यो नेपालकै कुनै भूमिमा छु । थाइल्यान्डको राजधानी बैंकक मन्दिरहरूको सहर पनि हो । अनि पतया, क्रबी सहर आफैँमा बिचका लागि प्रसिद्ध छन्, त्यसमा झन् आकर्षक हो, राइली बिच । सेतो बालुवा, नीलो कञ्चन पानी । अनि बोटिङको यात्राले आनन्द दिन्छ । फि फि आइल्याण्डमा मंकी विच, लङ बिच प्रसिद्ध छन् । काठमाडौं–थाइल्यान्ड पाँचदिने टुर गर्न सकिन्छ, सस्तो बजेटमा ।

कोपनहेगन (डेनमार्क) 


सेनझेन (चीन) 


नोवी साड (सर्बिया) 


मियामी (अमेरिका) 


काठमाडौं (नेपाल) 


मेक्सिको सिटी (मेक्सिको) 


डकार (सेनेगल) सिएटल (अमेरिका) 
जेडार (क्रोएसिया) 
मेक्नेस (मोरक्को)

स्रोत : लोन्ली प्लानेट


Facebook Comment


No ads found for this position