यी हुन् विश्वमै बस्नलायक १० शहर

काठमाडौं । विश्वमै बस्नलायक शहरको सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा परेको छ । बस्न लायक नरहेको सूचीमा भने युद्धग्रस्त सिरियाको राजधानी दमास्कस परेको छ ।

इकोनोमिक इन्टिलिजेन्स युनिटले विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा पर्दा अष्ट्रेलियाको मेलबर्न दोस्रो नम्बरमा छ ।

टप टेनभित्र अष्ट्रेलिया र क्यानडाका तीन-तीन तथा जापानका दुईवटा शहरहरु परेका छन् ।

अष्ट्रेलियाको मेलबर्न दोस्रो, जापानको ओसाका तेस्रो, क्यानडाको कालगेरी चौथो र अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा छन् । यसैगरी क्यानडाको भ्यानकोभर, क्यानडाकै टोरन्टो सातौं, जापानको टोकियो आठौं, डेनमार्कको कोपन हेगन नवौ र अष्ट्रेलियाको एडिलेड दशौ नम्बरमा छन् ।

सिरियाको दमास्कस भने बस्न लायक शहरको सूचीमा सबैभन्दा पुछारमा छ । दमास्कसभन्दा माथि क्रमशः बंगलादेशको ढाका, नाइजेरियाको लागोस् र पाकिस्तानको कराँची शहर छन् ।

हेर्नुहोस् सूची

 

 ViennaViennaको लागि तस्बिर परिणाम

Melborne

Melbourneको लागि तस्बिर परिणाम

Osaka

Osakaको लागि तस्बिर परिणाम

Calgary
Calgaryको लागि तस्बिर परिणामSydney
Vancouver
Vancouverको लागि तस्बिर परिणामToronto
Torontoको लागि तस्बिर परिणाम
Tokyo
Tokyoको लागि तस्बिर परिणाम


Facebook Comment


No ads found for this position