यी हुन् सबैभन्दा धेरै पर्यटक पुगेका ठाउँहरु

विश्वमा सबैभन्दा धेरै पर्यटन जाने ठाउँ कुन होला ? Global Destination ले मास्टर कार्ड, हवाई टिकट तथा यात्रा सम्बन्धी विभिन्न तथ्यांकहरुको आधारमा विश्वमा टपटेन भ्रमण गन्तव्यको सूचि सार्वजनिक गरेको छ । जसअनुसार यो वर्ष सन् २०१६ मा सबैभन्दा धेरै पर्यटक पुगेका ठाउँहरु यी हुन्:१. बैंकक, थाइल्याण्ड: थाइल्याण्डको राजधानी बैंकका विश्वमा सबैभनदा धेरै पर्यटक जाने ठाउँ हो । यो वर्ष बैंककमा २ करोड भन्दा धेरै पर्यटक पुगिसकेका छन् ।२. लण्डन, बेलायत: लण्डन आई, टावर अफ लण्डन, बकिंघम दरबार, टावर बि्रज जस्ता पर्यटकीय क्षेत्र रहेको लण्डनमा यो वर्ष १ करोड ९८ लाख पर्यटक पुगिसकेका छन् ।३. पेरिस: सबैभन्दा धेरै पर्यटक पुग्ने तेश्रो स्थानमा परेको पेरिसमा यो वर्ष १ करोड ८० लाख पर्यटक पुगिसकेका छन् ।

४. दुबई, युएइ: बुर्ज खलिफा, बुर्ज अल अरब, दुबई क्रिक, पाम आइल्याण्ड जस्ता पर्यटकीय क्षेत्र रहेको दुबईमा यो वर्ष डेढ करोड पर्यटक पुगिसकेका छन् ।

५. न्यूयोर्क, अमेरिका: सेन्ट्रल पार्क, अम्पाएर स्टेट बिल्डिंग, स्टेचू अफ लिबर्टी जस्ता पर्यटकीय गन्तब्य रहेको न्यूयोर्कमा यो वर्ष १ करोड २७ लाख पर्यटकले भ्रमण गरिसकेका छन् ।

६. सिंगापुर: सिंगापुर विश्वको छैटौँ उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ र यो वर्ष १ करोड २१ ल्ाख पर्यटकले भ्रमण गरिसकेका छन् ।

७. क्वालालम्पुर: मलेसियाको राजधानी क्वालालम्पुरमा यो वर्ष १ करोड २० लाख पर्यटकले भ्रमण गरिसकेका छन् ।

८. इस्तानबुल, टर्की: टर्कीको राजधानी इस्तानबुल यो वर्ष केही तनावग्रस्त भएपनि त्यहाँ १ करोड १९ लाख पर्यटक पुगिसकेका छन् ।

९. टोकियो: विश्वको नवौं उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेको जापानको राजधानी टोकियोमा यो वर्ष १ करोड १७ लाख पर्यटकले भ्रमण गरिसकेका छन् ।

१०. सिओल: दक्षिण कोरियाको राजधानी सिओल विश्वका टपटेन ट्राभल डेस्टिनेसन बन्न सफल भएको छ । जहाँ यो वर्ष १ करोड भनदा धेरै पर्यटक घुम्न आएका छन् ।


Facebook Comment


No ads found for this position