यो हो विश्वको अहिलेसम्मकै ठूलो बाढी

नेपालको तराई क्षेत्र अहिले बाढीको चपेटामा छ । एक सयभन्दा बढीको मृत्यु भएको छ, केही बेपत्ता छन्, हजारौँ घरबारविहीन भएका छन्, भौतिक संरचनामा क्षति पुगेको छ, पशुचौपाया र बालीनाली सखाप भएका छन् ।

त्यसो त विश्वमा गएका बाढीको इतिहास खोज्दै जाने हो भने पढ्दैमा मुटु हल्लिन्छ । विश्वमा अहिलेसम्मकै ठूलो बाढी हाम्रै छिमेकी देश चीनमा गएको रहेछ । नेदरल्यान्ड र भियतनाममा पनि विश्वकै ठूलामध्येका बाढी गएका छन् । विश्वकै ठूलामध्ये सन् १९३१ मा मध्य चीनमा गएको बाढीले दुई लाखभन्दा बढी मानिसको ज्यान गएको इतिहास छ ।

सन् १९२८ देखि १९३० सम्म त्यहाँ लामो खडेरी परेको र १९३१ मा विनाशकारी बाढी आएको थियो । जुलाई र अगस्टमा परेको भारी वर्षा नै बाढीको कारण थियो । याङ्जीलगायत नदीमा बाढी आएको थियो । त्यो बाढी याङ्जी–हुवाईको नामले विश्वभर चर्चामा रह्यो ।

दुई लाखभन्दा बढी मान्छेको ज्यान जाने गरी आएको बाढीले पुर्‍याएको भौतिक संरचनालगायत अन्य क्षतिको हिसाब गरिसाध्य छैन । यो बाढीपछि चीनमा महामारी र भोकमरीको समस्या नै निम्तिएको थियो ।


Facebook Comment


No ads found for this position