राज्यले कञ्चनजघा क्षेत्रलाई जती ध्यान दिनु पर्ने हो त्यती दिएन: संयोजक बराल

विश्वमा हिमाल आरोहणकालागी नेपालको विशेष पहिचान रहदै आएको छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वका ८ हजार मिटर अग्ला आठओटा हिमाल नेपालमा छन् ।सर्वोच्च शिखर सगरमाथा माथी मानवजातीले विजय प्राप्त गरेको ६० वर्ष पुगेको र अन्य ६ ओटा हिमाल आरोहणको हिरक महोत्सव मनाइरहदा विश्वकोे तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजघाको पनी हिरक महोत्सव हुने लागेको छ । यही बिषयलाई लिएर हिरक महोत्सवका २०७३ का बिषमा के कस्तो तयारी भएको छ र कसरी मनाईदै छ भनेर महोत्सवकका प्रचार प्रचार समितिका सयोजक रमेश बराल सग गरेको घुमफिरले कुराकाकानी

ramesh-baral-photoकञ्चनजघा हिरक महोत्सव कहिले र कहाँ मनाउदै हुनुहुन्छ र?
सामान्यतया विगतमा यस्ता खालका कार्यक्रमहरु काठमाण्डौ गरीने प्रचलन रहेको थियो । तर यसपटक हामीहरुल ताप्लेजुङ्गको सुकेटार यही मसीर ७, ८ र ९ गते मनाउदै छौ ।

महोत्सवको तयारी कस्तो भईरहेको छ र?
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल हा,े कन्चनजघा । तर यस्को जती प्रचार प्रसार हुनु पर्ने हो त्यती हुन सकेको छैन । राज्यले जती ध्यान दिनु पर्ने हो त्यती दिएको जस्तो हामीलाई लाग्दैन । यो क्षेत्रमा जती पर्यटकको आगमन हुनु पर्ने हो क्षेत्रमा त्यती हुन सकेको छैन । यो बाट पनी प्रष्ट छ । यही कारण पनी हामीले अहिले हिरक महोत्सव आफ्नै क्षेत्रमा मनाउन लागेको हो । जस्ले गर्दा विश्वभरको ध्यान आकर्षीत होस भन्ने पनी महोत्सवको उदेश्य हो । महोत्सवका तयारी अहिले स्थानिय स्तर देखी राज्यस्तरमा तयारी धमाधम भईरहेको छ । हिरक महोत्सवको उद्घाटन प्रधानमन्त्रिले गर्ने अहिले सम्म तयारी रहेको छ । महोत्सवमा सो क्षेत्रको जानकारी दिने बृत्तचित देखी त्यो क्षेत्रमा पाईने सास्कृती झल्को समेत तयारी भईरहेको छ ।

महोत्सवको आकर्षण के रहेको छ र?
महोत्सवको प्रमुख आकर्षण भनेको ताप्लेजुङ्ग जिल्लाको पर्यटकीय स्थलको पहिचान तथा प्रवद्धन गर्नुका साथै कञ्चनजघा क्षेत्रको मह्त्तवका बिषयमा जानकारी दिनु हो । यो क्षेत्रमा दुर्लभ वन्यजन्तुहरु हाब्रे, हिउँचितुवा, नाउरको संरक्षण तथा प्रर्वद्धनमा जोढ दिनु पनी रहेको छ । यती मात्र नभएर ताप्लेजुङ्ग जिल्लामा रहेका फुङफुङे झरना,सोदुपोखरी, तिम्बुङ्ग पोखरी,दुधपोखरी, सिंजेमा ताल, पाथीभरा देवी मन्दिर जस्ता धार्मिक तथा ऐतिहासीक धरोहरको प्रवद्धन तथा प्रचार प्रसार गर्नु पनी महोत्वसको आकर्षण हो ।


Facebook Comment


No ads found for this position