विश्वकै सबैभन्दा राम्रो बस्नलायक देश कुन ?

जिवनमा सुख सयल र आनन्द हरेक प्राप्त गर्न चाहान्छे ध्रुबसत्य कुरा हो । सुख सयल भन्ने कुरा पैसाले मात्रै पाईन्छ भन्ने ग्यारेन्टी हुँदैन् । किनकी कुनै पनि देशको आर्थिक राजनैतिक अवस्थाहरु सन्तोषजनक छैन भने त्यहाँका नागरिक त्यस्तै प्रकारको वातावरणमा जिवनशैली व्यतित गरिरहेका हुन्छन् ।

यसकै आधारमा युएस न्यूज डट कम, वर्ल्ड रिपोर्ट तथा पेन्सिल्भेनिया विश्वविद्यालय अन्तर्गतको व्हार्टन स्कूलका लगायतका शोधकर्ताले विभिन्न तथ्यांकहरु अध्ययन तथा विश्लेषण गरी विश्वका बस्नलायक देशहरुको सूची तयार गरेको छन् । जसअनुसार विश्वको सबैभन्दा उत्तम देशमा स्विजरल्याण्ड पर्न सफल भएको छ । दोश्रो स्थानमा क्यानडा छ भने तेश्रो स्थानमा बेलायत छ । त्यस्तै, जर्मनी चौथो र जापान पाँचौँ स्थानमा रहेको छ । गत वर्ष पहिलो स्थानमा रहेको जर्मनीको अवस्था यो वर्ष खस्किनुमा खासगरी सन् २०१६ मा भएका आतंकवादी हमलाका साथै आप्रवासीहरुको आगमन बढ्नु मुख्य कारक रहेको छ ।

 

त्यस्तै अमेरिका पनि गत वर्ष चौथो स्थानमा रहेकोमा यो वर्ष सातौँ स्थानमा झरेको छ ।

विश्वका बस्नलायक अन्य देशहरुमा स्विडेन छैटौँ, अस्ट्रेलिया आठौँ, फ्रान्स नबौँ, नर्वे दशौँ, नेदरल्याण्ड ११ औँ, डेनमार्क १२ औँ, फिनल्याण्ड १३ औँ तथा न्युजिल्याण्ड १४ औँ स्थानमा रहेको छ ।त्यस्तै सिंगापुर १५ औँ, इटाली १६ औँ, लक्जेम्बर्ग १७ औँ, अस्ट्रेलिया १८ औँ, स्पेन १९ औँ र चीन २० औँ स्थानमा रहेका छन् ।त्यस्तै अवकाशपछिको जीवन बिताउनका लागि न्युजिल्याण्ड सबैभन्दा उत्तम देश ठहरिएको छ । दोश्रोमा अस्ट्रेलिया, तेश्रोमा स्विजरल्याण्ड, चौंथोमा क्यानडा तथा पाँचौँमा पोर्चुगल रहेका छन् ।

बच्चाबच्ची हुर्काउन चाहीँ स्विडेन सबैभन्दा उत्तम देश ठहरिएको छ । दोश्रोमा डेनमार्क, तेश्रोमा नर्वे, चौथोमा फिनल्याण्ड तथा पाँचौंमा क्यानडा रहेका छन् ।महिलाका लागि सबैभन्दा उत्तम ५ देशहरुमा देशहरुमा स्विडेन, डेनमार्क, नर्वे, नेदरल्याण्ड र क्यानडा रहेका छन् भने शिक्षाका लागि सबैभन्दा उत्तम ५ देशमा क्यानडा, अमेरिका, जर्मनी, अस्ट्रेलिया र फ्रान्स रहेका छन् ।


Facebook Comment


No ads found for this position