शरद ऋतुमा सगरमाथामा आरोहण भएन, मनास्लुमा धेरै पुगे,२५ हिमालमा आरोहण, ९५१ जना चुचुरोमा

काठमाडौं । शरद ऋतुमा ५३ हिमाल आरोहणका लागि अनुमति जारी भएको थियो । त्यसमध्ये २५ वटा हिमालमा मात्र आरोहण सम्भव भएको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागको तथ्यांक अनुसार शरद ऋतुमा कूल ९ सय ५१ जनाले चुचुरो चुम्न सफल भएको छन् । त्यसमध्ये ५ सय ३५ जना आरोही हुन भने ४ सय १६ सहयोगी चुचुरोमा पुग्न सफल भएका छन् ।

सगरमाथामा आरोहण भएन, मनास्लुमा धेरै पुगे

विभागको तथ्यांक अनुसार यस वर्ष शरद ऋतुमा कूल १ हजार २ सय १० जनाले अनुमति लिएका थिए । त्यसमध्ये आरोहण सफल भएका २५ वटा हिमालका लागि मात्र १ हजार ५५ जनाले अनमति लिएका थिए । तर, ५ सय ३५ ले मात्र सफल आरोहण गरेका हुन् ।

सफल आरोहण गर्नेमध्ये ४ सय १७ जना पुरुष छन् भने १ सय १८ जना महिला आरोही छन् । यी आरोहीलाई ४ सय ९ जना पुरुष र ६ जना महिला सहयोगीले विभिन्न हिमालको आरोहणमा सहयोग गरेका थिए ।

सगरमाथामा आरोहण भएन, मनास्लुमा धेरै पुगे

वसन्त ऋतुमा सगरमाथा आरोहणमा घुँइचो लाग्छ । तर, शरदमा भने आरोहीहरु सगरमाथातर्फ लम्कन भने असफल रहे । यसपटक पनि सगरमाथा आरोहणको प्रयास भने भएको थियो । शरद ऋतुमा सबैभन्दा धेरै आरोहीले मनास्लु (८१६३ मि.) चढेका छन् ।

तथ्यांक अनुसार मनास्लुमा कूल ३ सय ५५ जना चुचुरोमा पुगेका मध्ये १ सय ८८ जना आरोही हुन् । त्यसबाहेक धेरै आरोही आमादब्लम हिमाल (६८१४मि)मा चढेका छन् ।

तथ्यांक अनुसार यो हिमालमा कूल ३ सय ४० पुगेकोमा १ सय ८१ जना आरोही हुन् । हिमलुङ -७२२६ मि)को चुचुरोमा ६६ जना पुग्न सफल रहे । थापा पीक (६०१२ मि.)मा ४४ जनाले आरोहण गरेको तथ्यांक छ ।


Facebook Comment


No ads found for this position