सांगीतिक करियरको ५० औं वर्षगाँठका अवसरमा दिप श्रेष्ठ एकल साँझ

काठमाडौं – बरिष्ठा गाएक दिप क्षेष्ठले आफ्नो सागित यात्राको ५० औ बर्षगाडको अवसरमा सास्कृतीक एकल गाएन साझ गरेका छन् ।
ठमेलको चक्सीबारीस्थित हाङफुक साराङ कोरियाना रेस्टुरेन्टले आफ्नो स्थापनाको १६ औं वर्ष प्रवेशका अवसरमा श्रेष्ठको सम्मानमा ‘दीप श्रेष्ठ एकल साँझ’ सांगीतिक कार्यक्रम आयोजना गरेको थियो ।

श्रेष्ठले आफ्नो करियरको सुरुवाती गीत ‘म पत्थरको देवता होइन तोडिएर जोडिने’बाट गायन सुरु गरेका थिए । बरिष्ठ गाएकले २०२५ सालमा यही गीतबाट आफ्नोे सांगीतिक यात्रा सुरु गरेका थिए । गाएक श्रेष्ठले साझमा २० वटा जती गित गाएका थीए भने एकल साझमा क्षेष्ठकी छोरी दृष्टि श्रेष्ठले पनी साथ दिएकी थिईन ।

सागतीक कार्यक्रममको विचमा श्रेष्ठको सागित यात्राको ५० औ बर्षगाडको अवसरमा केक काटीर आयोजक पाना गुरुङले श्रेष्ठलाई केक खुवाए थिए । केकपछि श्रेष्ठलाई ढाका टोपी उपहार प्रदान गरिएको थियो। श्रेष्ठको ५०औं सांगीतिक वर्षगाँठ मनाउन उनकी पत्नी, दुई छोरी, गायक योगेश्वर अमात्य, संगीतकार न्ह्यु बर्जाचार्य, गायक उदय सोताङ, भीम लिम्बु, लगाएत श्रेष्ठका फ्यानहरु आएका थिए।

हाङफुक साराङ्क सञ्चालक सुरज गुरुङले भने हामी ब्यबसाय मात्रै गर्दैनौ देशका सष्टाहरुलाई सम्मान गर्नुका साथै देशमै केही गरौ भन्ने युवाहरुलाई रोजगार दिने समेत हामे प्रयास हो ।


Facebook Comment


No ads found for this position