हाइकिङका लागि प्रख्यात क्षेत्र – रानिकाेट

सूर्यविनायक–रानीकोट हुँदै आशापुरी हाइकिङ, सूर्यविनायक–रानीकोट–फुलचोकी हाइकिङ जाने गर्दछन् । यस्तै सूर्यविनायक–रानीकोट लाकुरीभञ्ज्याङ हुँदै गोदावरीसम्म चलनचल्तीमा रहेको हाइकिङ रुट पनि छ ।

होटल भिलेज हाइल्याण्डबाट देखिएको भक्तपुर

भक्तपुर र पनौती नगरपालिकासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थान हो रानीकोट ।

समुद्री सतहबाट करीब दुई हजार मिटर उचाइमा रहेको रानीकोटबाट काठमाडौं उपत्यका सहित लाडटाङ हिमशृंखला आँखै अगाडि देख्न सकिन्छ ।

होटल भिलेज हाइल्याण्डबाट देखिएको भक्तपुर

इतिहासको कुनै समयमा रानीकोटमा दरबार रहेको भनाइ रहेपनि पुष्टि हुन सकेको छैन । रानीकोटमा सैनिकको टुकडी रहेको कुरा पुरातत्व विभागले स्थानीयलाई अवगत गराएको बताउँछन् होट भिलेज हाइल्याण्डका सञ्चालक रामसुन्दर बके ।

रानीकोटबाट देखिएको दोर्जे लाक्पा हिमाल

उनी भन्छन्, “यहाँ बूढापाकाको भनाइअनुसार रानीकोट राजा–महाराजाहरूको आराम गर्ने स्थान रहेको थियो ।”
रानीकोटमा हाल कुनै भवन नभए पनि पुराना इँटाका अवशेष देख्न सकिन्छ । रानीकोट काठमाडौं उपत्यका तथा हिमशृंखला हेर्नका लागि उपयुक्त मानिन्छ ।

रानीकोटबाट देखिएको सिपाडोल र हिमशृंखला

रानीकोट जाने बाटो केही पीच भएकाले अहिले आन्तरिक पर्यटकको आवागमन बढेको छ । यो क्षेत्र हाइकिङका लागि पनि प्रख्यात छ । विशेष गरी सूर्यविनायक–रानीकोट हुँदै आशापुरी हाइकिङ, सूर्यविनायक–रानीकोट–फुलचोकी हाइकिङ जाने गर्दछन् ।

यो हाइकिङ रुट पौराणिक पदमार्ग पनि हो । यो रुटमा विशेष गरी नयाँ वर्षको सुरुवातमै भक्तपुरका स्थानीयहरू पूजा गर्न फुलचोकी जाने गर्दछन्। फुलचोकीसम्म पुग्न नसक्नेहरू कुशादेवीसम्म जाने गर्दछन् ।

डोलेश्वर महादेव

त्यस्तै अर्को सूर्यविनायक–रानीकोट लाकुरीभञ्ज्याङ हुँदै गोदावरीसम्म चलनचल्तीमा रहेको हाइकिङ रुट पनि छ ।

रानीकोटमा बाघभैरव मूर्ति पनि रहेको छ । जुन ढुंगाले बनेको बाघको आकारमा छ । यसकारण यसलाई बाघभैरव भन्ने गर्दछन् । बाघभैरवमा विशेष गरी वैशाख पूर्णिमा र मंसिर पूर्णिमामा मेला लाग्ने गर्दछ ।

रानीकोट भक्तपुर सूर्यविनायक मन्दिरदेखि ६ किलोमिटरको दूरीमा रहेको छ भने अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायका चोकदेखि सात किलोमिटर दूरीमा रहेको छ । त्यस्तै हिन्दुहरूको चार धाममध्ये एक मानिने डोलेश्वर मन्दिरदेखि ७ किलोमिटर दूरीमा छ रानीकोट।

रानीकोट वरिपरि घनाजंगल भएकाले चराचुरुंगीको अवलोकनका लागि समेत उपयुक्त छ । समय र मौका मिलेमा मृगलगायत वन्यजन्तुसमेत देख्न सकिने बताउँछन् होटल भिलेज हाइल्याण्डका रानीकोटका सञ्चालक रामसुन्दर बके ।

आशापुरी महादेव

‘बत्तीमुनिको अँध्यारो’

रामसुन्दर बके,पर्यटन व्यवसायी

रानीकोट ऐतिहासिक रूपले महत्व बोकेको क्षेत्र हो । ऐतिहासिक महत्वका साथै सुन्दरताका हिसाबले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । तर यसको जति प्रचार प्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन ।

रानीकोटबाट बिहान आँखैअगाडि हिमाल हेर्न सकिन्छ भने साँझ काठमाडौं उपत्यकामा बलेको झिलिमिली बत्तीले छुट्टै आन्नद दिन्छ । तर, रानीकोटसम्म पुग्नका लागि केही किलोमिटर बाटो पीच छैन ।

पीच हुने प्रक्रियामा रहेकाले रानीकोट आन्तरिक पर्यटकको हब नै बन्नेछ ।

रानीकोट बत्तीमुनिको अँध्यारो जस्तै भएको छ अहिले । जति ऐतिहासिक र पर्यटकीय महत्व बोकेको छ त्यसअनुसार संरक्षण हुन सकेको छैन । अब केही होला भन्ने आश गरेका छौं ।


Facebook Comment


No ads found for this position