हवाई क्षेत्रलाई १५ अर्ब ८५ करोड बजेट छुट्याइयाे

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय गौरवका तीनसहित हवाई आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । सबै गरी हवाई आयोजनामा पौने १६ अर्ब बजेट विनियोजन भएको छ ।

संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा हवाई क्षेत्रलाई १५ अर्ब ८५ करोड बजेट छुट्याइएको छ । यो चाुल अब भन्दा कम हो ।

चालु आवमा हवाई पूर्वाधारका लागि १९ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको थियो ।

राष्ट्रिय गौरवका २१ आयोजनामध्ये भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अहिले भौतिक प्रगतिका हिसावले अगाडी छन् ।

यसमध्ये सरकारले गौतमबुद्ध विमानस्थलका लागि ३ अर्ब ३४ करोड बजेट छुट्याएको छ । पोखरा विमानस्थलका लागि ८ अर्ब रुपैयाँ छुटयाईएको छ ।

सरकारले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल -निजगढ)लाई पनि बजेटमा निरन्तरता दिएको छ । बजेटमा बैकल्पिक आन्तरिक विमानस्थल बनाउने पपिन घोषणा गरेको छ ।


Facebook Comment


No ads found for this position