हिउले सेताम्य खप्तड (फोटो फिचर)

खप्तड राष्टिय निकुन्जको त्रिवेणी क्षेत्र हिउले सेताम्य भएको छ । धार्मिक रुपले महत्तव मानिने खप्तड क्षेत्र अहिले हिउले सेताम्य भएको हो । प्राकृती सुन्दरताले भरिपुर्ण खप्तड चिसो सिजनमा हिउँले सेताम्य हुन्छ भने जेठ असारमा बिभिन्न फुलहरुको ढकमक्क ढाकेकको हुन्छ खप्तडका फाँटहरु ।
हिउँमा खेल्न तथा रमाउन चाहनेहरुलाई अहिले खप्तड क्षेत्र निकै उपयुक्त समय भएको बताउछन् हेटल ब्यबसायी संघ डोटीका अध्यक्ष दिपक बहादुर खड्का । उनि भन्छन् खप्तड क्षेत्र पर्यटकीय हिसाबले निकै महत्तव रहेको छ, तर पर्यटकको कमै रोजाईमा परेको बताउछन् । बिभिन्न मौसममा बिभिन्न खालका पर्यटकहरुको गन्तब्य बन्न सक्छ खप्तड । चिसोमा हिउमा खेल्न र जेठमा धार्मीक पर्यटकहरुको गन्तब्य बन्न सक्छ खप्तड ।
पौष महिनाको मध्यदेखि हिउँ ब्यापक पर्ने भएकाले यो क्षेत्रमा जादाँ उचित ब्यबस्थापन गरेर मात्र जान जरुरी रहेको बताउछन् अध्यक्ष खड्का । खप्तडमा अहिले रातीमा माईनस दश र दिनमा माईनस ४ सम्म तापक्रम रहेको बताउछन् अध्यक्ष खड्का । चैतको पहिलो हप्ता सम्म बाक्लो हिउँ हुन्छ खप्तडमा, हिउँ खेल्नका लागि यो समय उपयुक्त हो । खप्तड क्षेत्रमा गंगा दशहरा मेला समते लाग्छ , यो जेठ महिनमा पर्दछ । यो मेलामा देशभरका मान्छेहरु मेलामा आउने गर्दछन् । तस्बिर :एम तिवारी


Facebook Comment


No ads found for this position