१८० डिग्रीबाट आमादब्लम

छेटु शेर्पा

हिउँले डम्म ढाकिएको पहाड र ढिस्कोजस्तो देखिने आमादब्लम हिमालले खुम्बु क्षेत्र प्रवेश गर्नसाथै स्वागत गर्छ । नजिकै पुगेर हिमालको फोटो कैद गर्नेहरूको क्यामरामा आमादब्लम नै पहिलो क्लिक हुन्छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ प्रवेशद्वारको रूपमा रहेको आमादब्लमको उचाइ ६ हजार आठ सय १२ मिटर (२२,३४९ फिट) छ । नाम्चेदेखि त्याङबोचेको क्याम्पबाट एकदिन हिँडेपछि आमादब्लमको आधारशिविर पुगिन्छ ।

आमादब्लमको आरोहण गर्न करिब १२ दिनको समय छुट्याउनुपर्छ । अरू अग्ला हिमालको आरोहण गर्न जति कठिन हुन्छ, आमादब्लमको आरोहण पनि उति नै कठिन हुन्छ ।

सगरमाथा आरोहण गर्नुअघि आमादब्लमलगायतका अरू साना हिमालको आरोहण गर्ने गरिन्छ । विश्वकै सुन्दर हिमाल भनेर चिनिने आमादब्लमलाई आरोहीहरूले निकै खतराको सूचीमा राखेका छन् । क्याम्प दुईभन्दा माथि ठूलो ग्लेसियर देखिएपछि यस वर्ष आमादब्लम हिमालको आरोहण सफल हुन सकेन ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position