७ वटै सम्पदालाई खतराको सूचीमा राख्ने युनेस्कोको चेतावनी(फोटो फिचर)

basantapur११ भदौ, काठमाडौं । युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौ उपत्यकाका ७ वटा सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिएको छ ।

युनेस्कोले भूकम्पपछि क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणमा ढिलाइ गरेको भन्दै स्वयम्भुनाथ, बौद्धनाथ, पशुपतिनाथ, काठमाडौ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपर दरबार क्षेत्र र चाँगुनारायणलाई विश्व सम्पदा सूचीबाट खतराको सूचीमा राख्ने चेतावनी दिएको हो ।

युनेस्कोले सम्पदाहरुलाई खतराको सूचीबाट जोगाउनका लागि सरकारलाई एक वर्षको समय दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले शुक्रबार नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीलाई यसबारेमा जानकारी गराएका छन् ।

उनकाअनुसार, पशुपतिनाथ क्षेत्र बीच भागमा सडक बनाइएका कारण तथा अन्य सम्पदाहरु पुनर्निर्माणमा भएको ढिलाइका कारण युनेस्कोको चेतावनीमा परेका हुन् । सचिव राईले नवनियुक्त मन्त्री सामु सम्पदाहरुलाई खतराको सूचीमा पर्नबाट जोगाउनु मुख्य चुनौती रहेको बताए ।

baudhaसचिव राईले अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराएका कारण सम्पदाहरुको पुनर्निर्माणको काम अगाडि बढ्न नसकेको बताए । उनले पर्यटन मन्त्रालयले २ अर्ब ८३ करोड रुपैयाँ माग गरेकामा अर्थ मन्त्रालयले फाइल अड्काइदिएकाले सम्पदाहरुको पुनर्निमाणको काम सुरु हुन नसक्दा युनेस्कोको चेतावनी आएको बताए ।

सचिव राईले युनेस्कोको चेतावनीका बारेमा जानकारी गराएपनि नवनियुक्त मन्त्री जीवन बहादुर शाहीले यसबारेमा केही उल्लेख गर्नुभएन । उनले आफू काम गरेर देखाउने योजनासहित मन्त्री भएको भन्दै सहयोग गर्न मन्त्रालयका कर्मचारीहरुसँग आग्रह गरेे ।

उनले आफू राम्रो काम गरेर परिवर्तनको आभास दिलाउनका लागि मन्त्री भएको भन्दै फाइल सदर गराउनका लागि सेवाग्राहीले जी हजुर गर्नुपर्ने परिपाटीलाई नसहने बताए । हुम्लाबाट सांसद् निर्वाचित ५२ वषर्ीय शाही मन्त्रीपरिषद्मा नयाँ अनुहार हुनुहुन्छ ।

bhaktapur

patan


Facebook Comment


No ads found for this position