कोरलाना सुचारु गर्न अधिकतम प्रयास गर्नेछु : स्वतन्त्र उम्मेदवार बिष्ट

मुस्ताङ, स्थानीयतह अन्तर्गत लोमान्थाङ गाउँपालिकाका लागि प्रमुख पदमा सोतन्त्र उम्मेदवार बनेका ४८ वर्षिय यूवा जुझारु कर्मठ व्यक्तित्व ईन्द्रधारा बिष्टले छिमेकी देश चाईना संग सुमधुर संम्वन्ध बिस्तार गरि छिटो भन्दा छिटो कोरलानाका खोल्न अधिकतम प्रयास गर्ने बताएका छन् । संञ्चारकर्मीहरु संग टेलिफोन मार्फत आफ्नो १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दे पहिलो प्राथमिकता कोरलानाकालाई दिएका छन् ।

प्रदेश नं। ४ को भविष्य संग जोडिएको कोरलानाका संञ्चालन गर्न सकेमा मुस्ताङका ५ स्थानीयतहको भविष्य फेरिन उल्लेख गरे ।सरकारले यतिबेला कोरलानाका सम्म शडक संञ्जाल जोड्ने क्रममा रहेको र त्यसलाई गाउँपालिकाले सबैखाले सहयोग उपलब्ध गराएर शडक व्यवस्थापनमा उच्च प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता जनाए।उनले भने ‘लामो समय सम्म चाईना संग बिस्वाशको खडेरी छ,त्यसको अन्त्यको लागि गाउँपालिकाको नेतृत्व संम्हालेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने र चाईना र नेपाल बीचको द्धिपक्षिय संम्वन्ध सुदृढिकरणमा जोड दिने उल्लेख गरे ।उनले कुटनितिक संम्वन्ध राम्रो भए दुबै देशका जनतालाई राम्रो फाईदा पुग्ने भन्दै नेपाल सरकार संग कोरला संञ्चालन गर्न नियमित संम्पर्क गरिरहने उनले खुलाए ।

घोषणापत्रमा लोमान्थाङ गाउँपालिकालाई २४ घण्टा झलमल्ल उज्यालो पार्न सौर्य उर्जाको पहँुच नपुगेका छोसेर र छोनुप गाविसमा शिघ्र सौर्यउर्जा बिजुली जडान गर्ने जोड दिने उनको योजना छ। गाउँपालिका भित्र अनाधिकृत रुपमा खेर गएका जमिनहरुलाई नापी तथा मालपोत कार्यालयको समन्वयमा गरिब तथा बिपन्न परिवारलाई जग्गा उपलब्ध गराईने,खेर गएका प्रति जग्गालाई लेजमा दिएर कृषि उत्पादकत्व बृद्धि गरिने,दिब्यदिप माध्यमिक बिद्यालयलाई उच्चशिक्षाको तहसम्म पू¥याएर बिद्यार्थीलाई निःशुल्क पढ्ने अवसर दिलाईने,लोमान्थाङ,छोसेर र छोनुप जोड्ने रिङ्गरोड बिस्तार गरिने,गाउँपालिका भित्र उपल्लो मुस्ताङका स्थानीयलाई पायक पर्ने ठाउँमा भौतिक सुविधा संम्पन्न प्रविधियूक्त अस्पताल निर्माण गरिने,लोमान्थाङ लगायत पर्यटकिय गन्तव्यहरुको संरक्षण र प्रभावकारितामा जोड दिईने, वातावरणलाई चुस्त भरपर्दो पारदर्शी राख्न बृक्षारोपण अभियानलाई तिब्रता दिईने,आन्तकि तथा बाह्य पर्यटकहरुको व्यवस्थापन तथा प्रर्वधनका लागि आवश्यक श्रोतसाधन जुटाउन पहल गरिने,धार्मिक गुम्बा तथा सांस्कृतिक संम्पदाहरुको संरक्षण गर्दे पूननिमार्णमा जोड दिईने ,कृषि व्यवसायलाई आधुनिकिरण गर्दे आयआर्जन गर्न सक्ने अवसर सृजना गर्ने,सुस्त रहेको खेलकुद गतिबिधिलाई तिब्रता दिदै खेलाडी उत्पादनमा तर्फ ध्यान दिईने,गाउँपालिकाको प्रत्येक अंगमा गरिब र बिपन्न परिवारका समुदायलाई रोजगारको अवसर सृजना गरिने,शिक्षा,स्वास्थ लगायत अन्य बिषयमा सबैको समान पहुँच पुग्ने गरि कार्यसम्पादन गरिने,शडक कालोपत्रे गर्न कार्यक्रम अघि बढाईने,यूवाहरुलाई गाउँपालिका भित्र आयआर्जन गर्ने वातावरण मिलाउन सिपमूलक शिक्षा तथा प्राविधिक ज्ञान दिलाईने ,राज्यले दिने समाजिक सुरक्षा भत्तामा थप गरि गाउँपालिकाले राहत स्वरुप रकम उपलब्ध गराउन प्राथमिकता दिएर अघि बढ्ने,पर्यटकलाई सर्वसुलभ र शहज यात्राका लागि सार्वजनिक यातायातलाई प्रभावकारी बनाईने उनको योजना छ ।

उपल्लो मुस्ताङ अन्तर्गत लोछोदिनका यूवाहरु माँझ अत्यन्तै लोकप्रिय सोतन्त्र उम्मेदवार ईन्द्रधारा बिष्ट लोमान्थाङ ५ निवासी हुन् ।लोछोदिन क्षेत्रमा रहेका १७ वटा स्थानीय यूवाक्लवहरुको संयोजकको भूमिका निर्वाह गरेका बिष्ट पूर्व गाविसका उपाध्यक्ष समेत बनेर जनप्रतिनिधिको दायित्व संम्हालि सकेका छन् ।अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिको दुई कार्यकाल अध्यक्ष बनेका बिष्ट राष्ट्रिय निम्न माध्यमिक बिद्यालय लोमान्थाङको बिद्यालय व्यवस्थापन समितिको ५ कार्यकाल अध्यक्ष भएर सामाजिक उत्तरदायित्व निर्वाह गरेका छन् ।मिडिया क्षेत्र भने पछि हुरुक्क हुने बिष्टलाई नेपालका साना ठूला सबै संञ्चारकर्मीले सजिलै चिन्ने गरेका छन् ।


Facebook Comment


No ads found for this position