सिद्धार्थ गु्रपले सुरु गर्यो सौराहमा रिसोट

काठमान्डौ कार्तिक । नेपालभ्रमणबर्ष २०२० लाई मध्यनजर गरेर सिद्धार्थ बिजनेश गु्रपअफहस्पिटालिटीले नेपालको प्रमुखपर्यटकियगन्तब्यको रुपमा रहेको चितबनको सौराहमापनि सेवा सुरु गरेको छ ।
सिद्धार्थ गु्रपले सौराहमा संचालनमा रहेको सेन्टर पार्क रिसोटसंग ब्यबसायिक साझेदारी गरी सेवा सुरु गरेको हो । करिब २ बिद्या क्षेत्रफलमा रहेको रिसोटमा ४७ वटा सुबिधा सम्पन्नकोठाहरु , स्वीमिङ पुल, गार्डेन, सेमिनारकालागि २ वटाहलहरु रहेकाछन ।
रिसोटले पर्यटहकहरुकालागिजंगल सफारी, सांगेतिककार्यक्रमहरु मार्फत सेवामनोरन्जललगायतका सेवाहरु प्रदानगर्ने सिद्धार्थ बिजनेश गु्रपअफहस्पिटालिटीकाकार्यकारी अधिकृत कृष्णन्यौपानेले बताए ।
सिद्धार्थ ग्रुपले नेपालगन्जमाचारतारे होटेल सहितचितबनको चुम्लिङटार, सुर्खेत र कर्णालीचिसापानीमा रिसोटहरु संचालनगर्दै आएको छ ।
सिद्धार्थ गु्रपको महेन्द्रनगर , टीकापुर , नेपालगन्ज, बुटबल र काठमान्डौमा सुबिधा सम्पन्नहोटेल , रेष्टुरेन्ट , क्याफे गरी २३ वटाआउटलेटहरु संचालनमाछन ।
होटेल, रिसोट, रेष्टुरेन्टमार्फत हस्पिटालिटीब्यबसाय संचालनगर्दै आएको सिद्धार्थ गु्रपले भैरहवामाठुलो लगानीमापाचतारे होटेल निर्माणगर्दै छ ।
सिद्धार्थ गु्रपले हस्पिटालिटीब्यबसायलाई देशैभर बिस्तार गर्ने तयारी गरि रहेको प्रमुखकार्यकारी अधिकृत न्यौपानेले बताए ।

 


Facebook Comment


No ads found for this position