यी हुन् ओझेलमा परेका विश्वका अग्ला नेपालका ८ हिमालहरु (भिडियोसहित)

नेपाल सुन्दर हिमश्रृंखलाले धनी देश हो । विश्वका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यहाँ हामीले तिनै ८ वटा अग्ला हिमालको बारेमा प्रस्तुत गर्ने जर्मको छौं ।
सर्वोच्च शिखर सगरमाथाले त नेपाललाई विश्वमा चिनाइरहेकै छ । तर, अन्य सातवटा हिमशिखरको भने खासै चर्चा परिचर्चा हुँदैन । अन्य हिमालहरुको आवश्यक प्रचार प्रसारको अभावले गर्दा यी हिमालमा विदेशी आरोहीको आकर्षण बढ्न नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

सगरमाथा
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । नेपाल र चीनको सीमानामा पर्ने यो हिमाल दुवै देशबाट आरोहण गरिन्छ । तर, चीनतर्फबाट भन्दा नेपालतर्फको मोहडाबाट आरोहण प्रख्यात रहेको छ ।

कञ्चनजंघा
विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ ।

लोत्से
विश्वको चौथो अग्लो हिमाल हो लोत्से । यो ८ हजार ५ सय १६ मिटर अग्लो छ ।

मकालु
विश्वको पाचौं अग्लो हिमाल हो मकालु । यो ८ हजार ४ सय ६३ मिटर अग्लो छ ।

चोयु
विश्वको छैठौं अग्लो हिमाल हो चोयु । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल ८ हजार २ सय १ मिटरको छ ।

धौलागिरी
विश्वको सातौं अग्लो हिमाल हो धौलागिरी । ८ हजार १ सय ६७ मिटर उचाई रहेको छ ।

मनास्लु
मनास्लु विश्वको आठौं अग्लो हिमाल हो । समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर रहेको छ ।

अन्नपूर्ण
अन्नपूर्ण हिमाल विश्वको दशौं अग्लो हिमाल हो ।समुद्री सतहबाट ८ हजार ९१ मिटर अग्लो रहेको छ ।


Facebook Comment


No ads found for this position