राहत नपाएपछि झडप

वीरगन्ज–पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। बुधबार दिउँसो राहत वितरणमा ढिला भएपछि आक्रोशमासेढवास्थित गाउँपालिका कार्यालय घेराउ गर्न करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका महिला बालबालिका र पुरुषहरु गाँउपालिका कार्यालयमा पुगेका थिए।

त्यही क्रममा सशस्त्र प्रहरीले भिड हटाउन लाठी चार्ज गर्न थालेपछि स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको हो।

झडपमा क्रममा एक सञ्चारकर्मीसहित स्थानीय गरि ८ जना घाइते भएका छन्। झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुंगाले लागेर नारायणी एफएमका संवाददाता कृष्ण मोहन साह घाइते भएका हुन्। साहको टाउको फुटेको छ।

उनीसहित सबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। लकडाउनको १ महिना पुगि सक्दा पनि जीराभवानी गाउँपालिकाले कुनै पनि वडामा राहत वितरण गरेको छैन्।

लकडाउनको १ महिना बितिसक्दा पनि राहत वितरणमा नभएपछि कार्यालयमा पुगेका स्थानीयले आक्रोशमा आएर ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्दा झडप भएको गाउँपालिका उपाध्यक्ष उषा देवी थरुनीले अन्‍नपूर्ण अनलाइनलाई जानकारी दिइन्।

लकडाउनका कारणले प्रभावितका लागि राहत वितरणका लागि प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ।


Facebook Comment


No ads found for this position