मनघरी फाउन्डेसनको पहलमा डोल्पा पठाइयो पीपीई

काठमाडौं–दिनप्रतिदिन कोरोनाको प्रकोप विश्वभरमात्र नभएर नेपालमा पनि बढदै गइरहेको सर्वविदीतै छ । कोरोनाको प्रकोप बढेसँगै कर्णाली प्रदेश पनि जोखिममुक्त भने छैन ।
कर्णाली प्रदेशका जिल्लाहरूबाट रोजगारीका लागि छिमेकी मुलुक भारत बर्सेनि हजारौंको संख्यामा जाने गर्दछन् ।

भारतमा कोरोनाको प्रकोप दिनप्रतिदिन बढ्दै गएपछि अहिले भारतबाट आफ्नो घर फर्कनेको संख्या पनि निकै बढ्दै गएको छ । तर गाँउपालिकाका स्वास्थ्य कार्यलहरुमा स्वास्थ्य सामग्रीहरू नहुँदा समस्या उत्पन्न भएको छ ।

यही कुरालाई मध्यनजर गर्दै मनघरी फाउन्डेसन नेपालको अगुवाईमा कर्णाली प्रदेशका जिल्लाहरूमा तेस्रो चरण स्वास्थ्य सामाग्री डोल्पा पठाएको छ । पहिलो चरणमा र दोस्रो चरणमा दैलेखी सेवा समाजसँग सहकार्य गरेर १ सय ११ थान पीपीई सेट, २ हजार थान मास्क, एक हजार थान ग्लोब्स र १० बोतल स्यानिटाइजर पठाएको थियो ।

त्यसै गरी तेस्रो चरणमा डोल्पा जिल्लामा २० थान पीपीई सेट, ४ थान हेड कभर र ५० वटा मास्क डोल्पो बुद्ध गाउँपालिका द्योका अध्यक्ष ग्याल्बो थापा भोटेलाई हस्तान्ततरण गरको छ ।
डोल्पा जिल्लामा ८ वटा स्थानीय तह रहेका छन् । ७ वटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमा पीपीई सेट पुगिसकेको छ ।

अब यी पीपीई सेट बाँकी रहेका गाँउपालिकाका स्वास्थ्य संस्थाहरूमा पु¥याउने गाउँपालिका अध्यक्ष ग्याल्बो थापा भोटेले बताए । स्वास्थ्य सामग्रीहरु राष्ट्रिय आविष्कार केन्द्र, प्रारम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउन्डेस लगायतले उपलब्ध गराएको मनघरी फाउन्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

उनले भने, ‘हाम्रो यो सहयोग संख्यामा हेर्दा सानो छ तर संख्यमाभन्दा पनि कर्णाली क्षेत्रमा कार्यरत स्वास्थयकर्मीहरूलाई आत्मबल बढाउन सहकार्य गरेका हौं ।’ दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले भने, ‘म आफैं स्वास्थ्य क्षेत्रमा कार्यरत मान्छे हुँ ।

स्वास्थ्य सामग्री नहुँदा कस्तो समस्या हुन्छ भन्ने बुझेको छु । कर्णाली प्रदेशका स्वास्थ्य चौकीहरूमा पीपीई सेट नहुँदा समस्या रहेको मलाई राम्रो अनुभव छ, यही कुरालाई मध्यनजर गर्दै स्वास्थय सामग्री पठाइएकोे हो ।’



Facebook Comment


No ads found for this position